बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

महँगी राष्ट्र बैंकको नियन्त्रणमा, सर्वसाधारणलाई छैन अनुभूति

images
आइतबार, फागुन २७ २०८०
images
images
महँगी राष्ट्र बैंकको नियन्त्रणमा, सर्वसाधारणलाई छैन अनुभूति

अधिकांश उपभोग्य वस्तु भारत र चीनलगायतका मुलुकबाट आयात हुने भएकाले मुद्रास्फीति नेपालको नियन्त्रणभित्र छैन।

images
images

काठमाडौं- चालु आर्थिक वर्षमा महँगी घट्दो क्रममा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकले मुद्रास्फीति नियन्त्रणभित्र रहेको दाबी गरेपनि यसको अनुभूति नभएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन्।

images
images
images

न्यून आम्दानी र उच्च मूल्यवृद्धिका कारण सर्वसाधारणको भान्सा महँगो भइरहेको समयमा राष्ट्र बैंकको तथ्यांकले भने महँगी घट्दै गएको देखाएको छ। राष्ट्र बैंकको तथ्यांकप्रति सर्वसाधारण विश्वस्त हुन सकेका छैनन्। 

images

अधिकांश उपभोग्य वस्तु भारत र चीनलगायतका मुलुकबाट आयात हुने भएकाले मुद्रास्फीति नेपालको नियन्त्रणभित्र छैन। यद्यपी राष्ट्र बैंकले पछिल्लो समय मुद्रास्फीति घट्दै गएको दाबी गरेको छ।

images
images
images

सरकारले चालु आर्थिक वर्ष मुद्रास्फीति दर ६.५ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ। गएको मंसिरमा ४.९५ प्रतिशत रहेको मुद्रास्फीति दर पुसमा ५.५ प्रतिशत र माघमा ५.०१ प्रतिशत कायम भएको छ। 

अघिल्लो वर्षको माघमा उपभोक्तामा आधारित मुद्रास्फीति दर ७.८८ प्रतिशत रहेको थियो।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गतको मूल्य सूचकांक ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यान्न पदार्थको ९.०३ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले महँगी बढेको राष्ट्र बैंकले जनाएको छ। 

घ्यू तथा तेलको मूल्य सूचकांक भने १२.३३ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवाको मुद्रास्फीति ३.८५ प्रतिशतमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ।

गत वर्षको यसै अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवाको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

महँगी घट्दो क्रममा रहेको भन्दै राष्ट्र बैंकले गत मंसिर २२ गते नीतिगत दर एक प्रतिशत बिन्दुले घटाएर ५.५ प्रतिशत कायम गरेको छ। 

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले मुद्रास्फीति ६.५ प्रतिशतभित्र सीमित गर्ने लक्ष्य राखेपछि ब्याजदरलाई वाञ्चित सीमाभित्र राख्ने भन्दै राष्ट्र बैंकले नीतिगत दर ६.५ प्रतिशत कायम गरेको थियो।

मूल्यवृद्धिलाई ब्याजदरमार्फत नियमन गर्ने र मुलुकको बाह्य क्षेत्रलाई स्थायित्व दिने भन्दै राष्ट्र बैंकले नीतिगत दर र मुद्रास्फीति दर समान राख्ने नीति गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै तय गरेको थियो।

यद्यपी चालु आर्थिक वर्ष पहिलो त्रैमासमा बैंक वित्तीय संस्थाहरूको ब्याजदर उच्च रहेको भन्दै कर्जा प्रवाह बढ्न सकेन। जसले गर्दा बैंक वित्तीय संस्थाको वित्तीय विवरण नराम्रोसँग प्रभावित भएको थियो। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि बैंकहरूको असुली प्रभावित भइ खराब कर्जा बढ्न थालेपछि राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत आफ्नै नीतिविपरीत नीतिगत दर घटाएको थियो। जसले गर्दा बैंकहरूले मंसिर महिनामा नै दुई पटक र पुस, माघ र फागुनमा निरन्तररुपमा निक्षेपको ब्याजदर घटाएका थिए। जसले गर्दा बैंकहरूको आधार दर र ब्याजदर निरन्तर घट्दै गएको छ।

चालु आर्थिक वर्षको सात महिनामा करिब १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। सेयर र घरजग्गाको जोखिमभार २५ प्रतिशतले घटाएपछि पहिलो मौद्रिक समीक्षापछि तुलनात्मकरुपमा कर्जा प्रवाह बढ्न थालेको छ।


प्रकाशित : आइतबार, फागुन २७ २०८०१६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend