बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

मादीमा डेढ अर्ब लागतमा बन्दैछ ३१५ मिटर लामो आर्क पुल, तीन वर्षमा होला सम्पन्न?

सम्झौताको डेढ वर्षमा १२ प्रतिशतमात्र प्रगति

images
शनिबार, फागुन २६ २०८०
images
images
मादीमा डेढ अर्ब लागतमा बन्दैछ ३१५ मिटर लामो आर्क पुल, तीन वर्षमा होला सम्पन्न?
सांकेतिक तस्बिर

तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी २०२२ अगष्टमा सम्झौता भएको थियो। पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ।

images
images

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँको मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम १२ प्रतिशत सकिएको छ। व्यास नगरपालिका-४ र ५ जोड्ने गरी उक्त पुल निर्माण भइरहेको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ। 

images
images
images

पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीले व्यास नगरपालिका-५ स्थित सडक डिभिजन कार्यालय पछाडितर्फको भागमा काम सुरु गरेको छ। उनले भने, 'हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको छ। पुल निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिइएको छ।' 

images

पाण्डेका अनुसार पुल निर्माण सुरु भएसँगै हालको सडक डिभिजन कार्यालय यहाँबाट विस्थापित हुने भएको छ। जग निर्माणको काम पूरा भएपछि त्यसभन्दा माथि क्याप राखेर निर्माण प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए। उक्त पुलको छ वटा स्पान हुने आयोजना कार्यालयले जनाएको छ।

images
images
images

तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ। हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ। सोही पुलभन्दा करिब ५० मिटरको दुरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शनिबार, फागुन २६ २०८०१४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend