शुक्रबार, माघ ११ गते २०८१     १४ : ३६ : ५०
शुक्रबार, माघ ११ २०८१
images
images

नागस्तम्भ निर्माणसँगै धार्मिक पर्यटकीयस्थल बन्दै काभ्रेको बस्नेत गाउँ

images
शनिबार, फागुन २६ २०८०
images
images
नागस्तम्भ निर्माणसँगै धार्मिक पर्यटकीयस्थल बन्दै काभ्रेको बस्नेत गाउँ

बस्नेत गाउँ पुग्नका लागि बनेपा घोकेचौर हुँदै मोटरबोटाबाट जान सकिन्छ भने आजादडाँडाबाट समेत मोटरबाटो भएर यहाँ पुग्न सकिन्छ।

images
images

काभ्रेपलाञ्चोक- जिल्लाको बनेपा नगरपालिका-५ बस्नेत गाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय जुटेका छन्।

images
images
images

अरनिको राजमार्गबाट करिब तीन किलोमिटर भित्र पर्ने पालेको सामुदायिक वन नजिकै रहेको बस्नेत गाउँलाई धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय जुटेका हुन्।

images

गाउँको माथिल्लो सिरानमा रहेको पुरानो महादेव मन्दिर र नागको स्तम्भ निर्माण गरिने स्थानीय बताउँछन्। महाशिवरात्रिको अवसर पारेर यहाँका स्थानीयले शुक्रबार होम गरी नागको पूजा गरेका छन्।

images
images
images

गाउँको विकासका लागि ‘बस्नेत गाउँ बिरुवा पाटो गट्टीखेल तथा संरक्षण मञ्च’ गठन गरी सबैलाई एकजुट बनाउँदै पर्यटन प्रवर्द्धनमा स्थानीय जुटेका मञ्चका अध्यक्ष हरिभक्त शाहीले बताए।

'यसअघि नै यहाँ नागको मन्दिर थियो', उनले भने, 'संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएकामा अहिले गाउँले एकजुट भएर नागको स्तम्भ तथा महादेव मन्दिर निर्माणमा जुटेका छौँ।'

गाउँको माथिल्लो भागमा हरियाली वन, तल सुन्दर बस्ती र बीचमा भागमा मन्दिर निर्माण गरी आवश्यक संरचनासमेत निर्माण गरिने मञ्चका अध्यक्ष शाहीले बताए।

बनेपा बजारबाट नजिकै रहे पनि प्रचारप्रसारको कमी हुँदा ओझेलमा परेकाले यहाँ आवश्यक पूर्वाधार निर्माण गरी संरक्षण तथा पर्यटन प्रवर्द्धनमा लागेको स्थानीय भीमप्रसाद दाहालले बताए। पर्यटकीयस्थलका रुपमा विकास भएमा यहाँको सडक विस्तार हुनुका साथै व्यापार व्यवसाय चलायमान हुँदा आर्थिकस्तर पनि वृद्धि हुने अपेक्षा लिइएको उनको भनाइ छ।

पहिला बस्तुभाउका लागि घाँस र दाउरा खोज्न जाने वन क्षेत्रको संरक्षण गर्दै पर्यटकीयस्थलका रुपमा विकास गर्न सबैको सहयोगबाट मन्दिरका साथै आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको स्थानीय कृष्णबहादुर महतले बताए।

स्थानीय अमृतबहादुर थापाले भने, 'पहिला मानिसले यहाँ बसोबास गरी खेतीपाती गर्दथे। खेतीका लागि बारीको पाटा खन्ने क्रममा यस ठाउँमा नागको बास थियो। नाग बसेको ठूलो ढुंगा फुटाउँदा नागलाई लागेर कुप्रो भएपछि सोही बेलादेखि यहाँ नागको पूजा गरिँदै आएको कथन छ।' सोही समयदेखि यहाँ खेती गर्न छोडिएको भन्दै अहिले अहिले युवापुस्ता धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न जुटेकामा उनले खुसी व्यक्त गरे।

केही वर्षअघिसम्म यहाँका स्थानीयले गाईबस्तु जंगलमा चराउन लैजाँदा यहाँको नाग स्तम्भमा गोठ र आईतबारे पूजा गर्दै आएका स्थानीय वृद्धा हरिप्रसाद दाहालले बताए। पछिल्लो समय युवापुस्ताले परम्परालाई छोड्दै गएपछि स्थानीय बस्नेतले महादेवको थान रहेको स्थानमा सामान्य पूजा मात्रै गर्दै आएका उनले सुनाए।

सोही स्थान नजिकैबाट ढकाल गणशेस्थान हुँदै बगेको पानीले मंगलबार नुहाउने गरेमा शरीरको रोग पखालिन्छ भन्ने जनविश्वास अहिले पनि रहिआएको दाहालले बताए।

बस्नेत गाउँ पुग्नका लागि बनेपा घोकेचौर हुँदै मोटरबोटाबाट जान सकिन्छ भने आजादडाँडाबाट समेत मोटरबाटो भएर यहाँ पुग्न सकिन्छ। पछिल्लो समयमा घोकेचौरबाट मोटरबाटो स्तरोन्नति भइरहेको छ। ढकाल गणेशस्थानबाट सिँढी निर्माणका लागि आवश्यक योजना बनाइरहेको संरक्षण मञ्चले जनाएको छ। रासस


प्रकाशित : शनिबार, फागुन २६ २०८०१२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend