आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

संरचना जीर्ण हुँदा माछाका भुरा उत्पादनमा समस्या

images
शनिबार, फागुन २६ २०८०
images
संरचना जीर्ण हुँदा माछाका भुरा उत्पादनमा समस्या

मत्स्य विकास केन्द्रले गत आर्थिक वर्षमा तीन करोड २० लाख ह्याचरी भुरा उत्पादन गरिएकामा चालु आव २०८०/८१ मा चार करोड ह्याचरी भुरा उत्पादन गर्ने लक्ष्य छ।

images
images

गोदावरी- कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ। जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या भएको हो।

images
images
images

वषौँअघि निर्माण गरिएका ह्याचरी पोखरी जीर्ण हुनुका साथै तथा भुरा राख्न नयाँ पोखरी निर्माण नहुँदा माछाका भुरा उत्पादन गर्न समस्या भएको मत्स्य विकास केन्द्र गेटाका निमित्त प्रमुख निर्मलबहादुर खातीले जानकारी दिए। बीस बिघा जमिनमा फैलिएको मत्स्य विकास केन्द्रमा ४२ पोखरीमा माछाका भुरा उत्पादन हुँदै आएको थियो। यहाँ प्रारम्भमा सात प्रकारका माछाका भुरा राख्ने पोखरी निर्माण गरिएका थिए।

images
images

निमित्त प्रमुख खातीका अनुसार माछा उत्पादनका लागि १७ नर्सरीको व्यवस्था गरिएको छ। भुरा उत्पादन गरी सुपथ मूल्यमा बिक्री गरिँदै आएको छ। मत्स्य विकास केन्द्र हाल ह्याचरी, फिङ्गर र फ्राइ माछाका भुरा उत्पादन गर्दै आएको छ। झन्डै पाँच दशक वर्षअघि निर्माण गरिएका ह्याचरी पोखरीको मर्मत गर्न सकिएको छैन। भुरा राख्न नयाँ पोखरी निर्माण गर्नुपर्ने निमित्त प्रमुख खातीले बताए। 'बजेट अभावले जीर्ण संरचना मर्मत गर्न सकिएको छैन', उनले भने।

images
images

मत्स्य विकास केन्द्रले गत आर्थिक वर्षमा तीन करोड २० लाख ह्याचरी भुरा उत्पादन गरिएकामा चालु आव २०८०/८१ मा चार करोड ह्याचरी भुरा उत्पादन गर्ने लक्ष्य छ। तीस कट्ठा जग्गामा नयाँ पोखरी निर्माण गर्न सकिने निमित्त प्रमुख खातीले बताए। उनले भने, 'क्षेत्र विस्तार भएपछि आठ करोड भुरासम्म उत्पादन गर्न सकिन्छ। सुदूरपश्चिमका लागि ७० प्रतिशत माछाका भुराको आपूर्ति गर्न सकिन्छ।'

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन वर्षअघि निर्माणका लागि ठेक्का गरेको आधुनिक ह्याचरीको काम बजेट अभावमा पूरा हुन सकेको छैन। सो ह्याचरीको काम पूरा गर्न सकियो भने एक वर्षमा आठ करोड भुरा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ। प्रदेश सरकारले बजेट विनियोजन नगरेकाले नयाँ संरचना थप गर्न समस्या भएको हो।

मत्स्य विकास केन्द्रले एक लाख भुरा दुई हजार पाँचसय रूपैयाँमा बिक्री गर्दै आएको छ। केन्द्रमा उत्पादित माछाका भुरा सुदूरपश्चिमका नौवटै जिल्लासहित बाँके, बर्दियालगायत जिल्लामा बिक्री गरिँँदै आएको छ। रासस


प्रकाशित : शनिबार, फागुन २६ २०८०१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend