बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

एसियन ट्रेकिङका आङछिरिङमाथि यतीका सोनामको आरोप - मलाई सिध्याउन प्रत्येक मोडमा भाँजो हाल्न खोजे

images
आइतबार, फागुन २७ २०८०
images
images
एसियन ट्रेकिङका आङछिरिङमाथि यतीका सोनामको आरोप - मलाई सिध्याउन प्रत्येक मोडमा भाँजो हाल्न खोजे

भूतसमेत बस्न डराउने ठाउँ कोङ्देमा आफूले होटल बनाएर पर्यटनको विस्तार गरे पनि आङछिरिङलले आफूलाई सिध्याउनका लागि संसदीय समिति र अदालतसम्म पुर्‍याएको उनले उल्लेख गरेका छन्।

images
images

काठमाडौं- यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले अर्का पर्यटन व्यवसायी एसियन ट्रेकिङका सञ्चालक आङछिरिङ शेर्पामाथि गम्भीर आरोप लगाएका छन्।

images
images
images

ल्हाक्पा सोनाम शेर्पाको हालै प्रकाशित आत्मकथामा अर्का व्यवसायी आङछिरिङमाथि उनले आरोप लगाएका हुन्। सोनामले हालैमात्र आफ्नो जीवनका अनुभव तथा भोगाइलाई समेटर 'हिम्बु' नामबाट पुस्तक प्रकाशन गरेका छन्। 

images

सोलुखुम्बुको जन्मथलोदेखि काठमाडौंमा विस्तार भएको व्यावसायिक साम्राज्य, सो साम्राज्य स्थापनाका क्रममा आफ्नो अनुभव समेटेर शेर्पाले किताब प्रकाशन गरेका छन्। 

images
images
images

आफ्नो व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक क्षेत्रका अनुभव, विचारसहितको पुस्तक हिम्बू प्रकाशनमा ल्याएका छन्। सास ट्रष्टले प्रकाशन गरेको यो पुस्तकमा शेर्पाले पारिवारिक, व्यक्तिगत तथा व्यावसायिक अनुभव प्रस्तुत गरेका छन्। 

चार देशकदेखिको यात्रामा आफ्ना अनुभवसहित ल्याएको पुस्तकमा उनी कयौँ व्यक्तिगत तथा व्यावसायिक हितैषी तथा विरोधीबारे पनि खुलेर प्रस्तुत भएका छन्।

सोनामले पुस्तकमा सोलुखुम्बुकै अर्का चर्चित पर्यटन व्यवसायी आङछिरिङमाथि उनले आफ्ना हरेकजसो व्यवसायमा राजनीतिक दृष्टिकोणबाट उनले आफूमाथि आक्रमण गरेको, अवरोध गरेको आरोप लगाएका छन्।

एसिएन ट्रेकिङका आङछिरिङ कांग्रेस निकट मानिन्छन्। सोनामका कान्छा भाइ एमालेको सक्रिय राजनीतिमै रहेका थिए। उनी अहिले जीवित छैनन्।

सोनामले विशेषगरी होटल उड्डयनको क्षेत्रमा आङछिरिङले आफूमाथि अवरोध गरेको आरोप लगाएका छन्। 

सबैभन्दा चर्चित सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्ने कोङ्देमा निर्माण भएको यतीको होटल निर्माणको समयदेखिको प्रसंग उल्लेख गरेका छन्। उक्त होटल निर्माण गर्दा पहिलोपटक ईआईए गरेर आफूले नेपालमा होटल बनाउन खोजेको र व्यक्तिको जग्गा खरिद गरेरै होटल बनाएको उनले प्रष्टीकरण दिएका छन्।

तर यो होटल निर्माण भएको क्षेत्र भने अहिलेसम्म विवादित भइरहेको छ। यद्यपि आफूले अदालतबाट मुद्दा जितिसकेको उनले लेखेका छन्। तर यो होटल निर्माणको समयमै आङछिरिङले विभिन्न आरोप लगाएर स्थानीय उचालेको, निकुञ्जमा उजुरी दिएर भाँजो हालेकोमात्र होइन सञ्चारमाध्यममा समाचारसमेत लेखाएको आरोप लगाएका छन्।

भूतसमेत बस्न डराउने ठाउँ कोङ्देमा आफूले होटल बनाएर पर्यटनको विस्तार गरे पनि आङछिरिङलले आफूलाई सिध्याउनका लागि संसदीय समिति र अदालतसम्म पुर्‍याएको उनले उल्लेख गरेका छन्। मुद्दा जितेपनि त्यो बीचमा आफूले अनाहकमा सास्ती र बद्‍नामी खेपेकोमा खेद व्यक्त गरेका छन्।

त्यस्तै थामेको होटल निर्माणमा पनि स्थानीय उचालिएको उनले आरोप लगाएका छन्। 

आफूलाई सिध्याउनका लागि आङछिरिङले प्रत्येक मोडमा प्रयास गरेको उनको आरोप छ। यती एयरलाइन्स (पहिले एरवेज) सुरू गरेपछि आङछिरिङले आफूलाई सक्नकै लागि स्काइलाइन एयरलाइन्स सञ्चालनमा ल्याएको तर नसकेर पछि बन्द भएको उनले उल्लेख गरेका छन्। यो स्काइलाइन पनि आङछिरिङकै एयरलाइन्स हो।

यो एयरलाइन्स यतीलाई सिध्याउनकै लागि केही समूह मिलेर स्थापना गरे पनि पछि कंगाल भएपछि आफूले उद्धार गरिदिएको उनले पुस्तकमा चर्चा गरेका छन्।

त्यस्तै नेपालमा युरोकप्टर हेलिकप्टरको परीक्षण उडानका क्रममा आफूले संयोजन गरिदिएको र सो क्रममा उक्त हेलिकप्टरले सगरमाथाको कुनै एउटा बिन्दुमा छुने क्रममा भत्कायो भनेर आङछिरिङले नै आफूलाई जोडेर कूप्रचार गरेको उनले उल्लेख गरेका छन्।

सोनामका भाइको नाम पनि आङछिरिङ थियो। हेलिकप्टर दुर्घटनामा २०७५ सालमा निधन हुनुपहिले सोनामभन्दा उनकै चर्चा धेरै थियो। उनले तत्कालीन दरबार निकट पाइलट आरपी प्रधानलाई पनि आफूलाई सिध्याउनका लागि आएको उल्लेख गरेका छन्। कस्मिक एयर ल्याएरु सिध्याउन अनेक हत्कन्डा गरेको उनले उल्लेख गरेका छन्। 

व्यवसाय, व्यवस्था र सम्बन्ध

उनको पुस्तक 'हिम्बु' मा किशोरावस्थादेखि युवावस्थासम्मको संघर्षको कथा, आजभन्दा चार दशक पहिले नेपाल बाहिर भारतदेखि युरोपसम्म काम गर्न गएको कथा उल्लेख छ। उनले आफू अहिले यती समूहमा जति होटल, एयरलाइन्स, ट्रेकिङ कम्पनीको जुन साम्राज्यको केन्द्रमा छन् त्यसअघिको संघर्षको कथा भनेका छन्।

शेर्पा समुदाय, पर्यावरण तथा सामाजिक सांस्कृतिक पाटोमा उनले आफ्नो विचार पनि प्रस्तुत गरेका छन्। बाल्यवस्थादेखि नै सुरु भएको पारिवारिक वियोगले कहिल्यै नछाडेको पीडाबोध पनि उनले पुस्तकमा पोखेका छन्।

विशाल पारिवारिक छातालाई एउटै व्यवसायमा जोडिनुको कथा पनि उनले भनेका छन्। 

व्यवसायका सन्दर्भमा भने अहिलेसम्म नेपालमा सरकारले प्रेरित गर्ने नीति नलिएको उल्लेख गर्दै बरु पञ्चायत काल ठीक भन्नेसम्म उनी पुगेका छन्। पञ्चायतमा कुनै पनि एउटा नीतिको व्याख्या जुनसुकै विभाग र कार्यालयमा एउटै हुने उनको बुझाइ छ। तर अहिले पनि प्रत्येक हाकिमले नीतिको व्याख्या फरक गर्ने र यसबाट व्यवसायी पीडित बनिरहेको उल्लेख गरेका छन्। 

सुशासनका सन्दर्भमा यो मुलुक आजभन्दा तीस वर्ष पहिले जुन अवस्थामा थियो अहिले पनि त्यस्तै रहेको छ। एउटा ट्रेकिङ कम्पनी स्थापना गर्नका लागि जुन तहको सास्ती पाइन्थ्यो करिब अहिले पनि व्यवसाय सुरू गर्दा उस्तै अवस्था रहेको छ।

वित्तीय पहुँचको हिसाबले जुन समयमा यती एयरवेज स्थापना भयो त्यो समयमा उनले नेपालबाट ऋण नपाएको र विदेशी साथी जमानी बसेर विदेशबाटै ऋण मिलेको प्रसंग पनि उनले पुस्तकमा उल्लेख गरेका छन्।

यदि नेपालकै वित्तीय स्रोतमा भर परेको भए सायद आज यती एयरलाइन्समात्र होइन खर्ब बढीको साम्राज्य आज सायद हुँदैन थियो। त्यसैले वित्तीय पहुँचको यो दुरावस्था आज पनि उस्तै रहेको छ।सोनामले पुस्तकमा कर्मचारी प्रशासन, राजनीतिक दलका नेता तथा प्रतिस्पर्धी व्यवसायीका बारेमा पनि लेखेका छन्।


प्रकाशित : आइतबार, फागुन २७ २०८००६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend