आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

श्रमिक महिला दिवस : महिलाको सुरक्षा र आर्थिक सशक्तीकरणमा जोड

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २५ २०८०
images
श्रमिक महिला दिवस : महिलाको सुरक्षा र आर्थिक सशक्तीकरणमा जोड

जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति कठरिया पालिकाको न्यायिक समितिमा आउने उजुरीमा हिंसाका घटना थोरै रहेको बताइन्।

images
images

टीकापुर- कैलालीका महिलाले सुरक्षा र आर्थिक सशक्तीकरणमा जोड दिनेखालका कार्यक्रम स्थानीय सरकारले गर्नुपर्ने माग गर्न थालेका छन्। महिला समाजमा महिलाको सुरक्षा चुनौती थपिँदै गएकाले सुरक्षाको वातावरण बनाइ महिलालाई आयआर्जनसँग जोड्ने खालका कार्यक्रम ल्याउनुपर्ने उनीहरु बताउँछन्। 

images
images
images

अधिकारकर्मी गीता चौधरी महिलाको आर्थिक अवस्था कमजोर भएकाले हिंसा सहनुपरेको बताउँछिन्। 'महिलाका समस्या थुप्रै छन्, हामी हरेक वर्ष श्रमिक दिवस मनाउँछौँ, महिला रातदिन घरमा श्रम गर्नुहुन्छ', उनले भनिन्, 'तर महिलाको श्रमको मूल्य छैन, आउँदा दिनमा महिलाको श्रमको मूल्य स्थापित भएमा, महिला आयआर्जनका कार्यमा जोडिएमा हिंसाका घटनामा कमी आउँछन्। महिलालाई आयआर्जनमा जोड्न स्थानीय सरकार बढी जिम्मेवार बन्नुपर्छ।'

images
images

एक सय १४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज कैलालीका सबै पालिका तथा संघसंस्थाले पनि मनाउँदैछन्। हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ तारिखका दिन मनाउने गरिन्छ। यस वर्ष ‘नेपालमा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ मनाइँदै छ। 

images
images

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने चलन छ।

टीकापुर-१ की बन्दना जैसी हरेक वर्ष श्रमिक महिला दिवस मनाए पनि महिलाको जीवनशैलीमा परिवर्तन आउन नसकेको बताउँछिन्। 'महिलालाई आर्थिकरुपमा सक्षम बनाउने, आत्मनिर्भर बनाउने, महिलालाई घरमात्र नभई समाज विकासमा सक्रिय गराउने काम गर्नुपर्छ', उनले भनिन्, 'जो शक्तिमा छ उसैले हिंसा गर्ने भएकाले महिलालाई बलियो बनाउन आर्थिक आम्दानी हुने काममा लगाउनुपर्छ । हामी महिला पनि सचेत हुनुपर्छ।'

अधिकारकर्मी निर्मला कडायतले महिलाका समस्या उस्तै रहेकाले उनीहरुको सुरक्षाबारे स्थानीय सरकारले नीति बनाएर काम गर्न आवश्यक रहेको भनाइ राखिन्। उनी भन्छिन्, 'महिला ढुक्कले हिँड्ने, सामाजिक कार्यमा सक्रिय हुने वातावरण बन्नुपर्छ।'

जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति कठरिया पालिकाको न्यायिक समितिमा आउने उजुरीमा हिंसाका घटना थोरै रहेको बताइन्।

'महिला अझै खुल्न सकेका छैनन, सहेर बस्ने गरेका छन्, हिंसाका घटना छन्, तर उजुरी गर्न आउँदैनन्', उनी भन्छिन्, 'आर्थिकरुपमा महिला कमजोर रहेकाले नखुलेका हुन्, त्यसैले महिलालाई सीपमूलक सीप सिकाउने, उद्यमी बनाउनुपर्छ भनी हामी जुटेका छौँ। महिला आफैँ कमाउने भएमा हिंसाका घटनामा कमी आउँछन्।' रासस


प्रकाशित : शुक्रबार, फागुन २५ २०८०१६:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend