आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

छेम्दीमा ‘एक घर, एक धारा’

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २५ २०८०
images
छेम्दीमा ‘एक घर, एक धारा’

कुल ६४ लाख ६६ हजार ६८ रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणमा उपभोक्ताले २२ लाख ३५ हजार ७२८ रुपैयाँ बराबरको श्रमदान गरेका गोर्खा वेयलफेयर ट्रष्टका प्राविधिक देवी थापा मगरले बताए।

images
images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ।

images
images
images

गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन्। मुलपानी र लट्टेखोरीयाको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनाएर वितरण गरिएको कार्यवाहक वडाध्यक्ष श्याम पुर्जाले जानकारी दिए।

images
images

उनका अनुसार आयोजनाबाट छेम्दी टोलका ७२ घरधुरी लाभान्वित भएका छन्। धारामा मिटरसमेत जडान गरिएको छ। यसअघि छेम्दीवासीले सार्वजनिक धारा र मुहानबाट निजी लगानीमा पाइप जडान गरेर खानेपानी उपभोग गरेका छन्।

images
images

घरमै भएको निजी धारामा नियमित खानेपानी वितरण भएपछि समयको बचत र सहज भएको स्थानीयवासी देउमन पुर्जाले बताए। खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी परिवर्तन भएको छ। गत मङ्सिर महिनादेखि सुरु भएको आयोजना बिहीबार सम्पन्न भएपछि पानी वितरण गर्न थालिएको हो।

कुल ६४ लाख ६६ हजार ६८ रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणमा उपभोक्ताले २२ लाख ३५ हजार ७२८ रुपैयाँ बराबरको श्रमदान गरेका गोर्खा वेयलफेयर ट्रष्टका प्राविधिक देवी थापा मगरले बताए।

पाइप, सिमेन्ट, रड, फिटिङलगायत निर्माण सामग्री उपलब्ध गराएको ट्रष्टले आयोजना निर्माणस्थलमा एक जना प्राविधिक नियमितरुपमा परिचालन गरेको थियो। गोर्खा वेयलफेयर ट्रस्टको सहयोगमा अन्नपूर्ण गाउँपालिका-६ मा खिवाङ र वडा नम्बर-३ को काभ्रेमा पनि खानेपानी तथा सरसफाई आयोजना निर्माणको अन्तिम चरणमा छ।

खिवाङमा १४२ र काभ्रेमा ७५ घरधुरी लाभान्वित हुने प्राविधिक गुरुङले बताए। गोर्खा वेयलफेयर ट्रष्टको सहयोगमा गत वर्ष अन्नपूूर्ण गाउँपालिका-४ को पटारमा निर्माण भएको खानेपानी आयोजनाबाट २९ घरधुरी, वडा नम्बर-३ को दाना बजारमा ५१ र दुवारीमा-२६ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको थियो।

गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको दश वर्षे खानेपानी सरसफाइ तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए। खानेपानी विभागको मापदण्डअनुसार अन्नपूर्णका सतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २२  थप आयोजना निर्माण गर्नुपर्ने योजनामा उल्लेख छ। रासस


प्रकाशित : शुक्रबार, फागुन २५ २०८०११:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend