आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

तनहुँको बुल्दीखोलामा पाँच करोडको लागतमा पक्की पुल बन्दै

images
बिहीबार , फागुन २४ २०८०
images
तनहुँको बुल्दीखोलामा पाँच करोडको लागतमा पक्की पुल बन्दै

व्यास नगरपालिकाले धादिङको ज्वालामुखी कन्स्ट्रक्सनसँग बुल्दीखोलामा पुल निर्माणका लागि बुधबार सम्झौता गरेको हो।

images
images

दमौली- तनहुँको व्यास नगरपालिका-२ र १ करङकाठ जोड्ने बुल्दीखोलामा पक्की पुल निर्माण हुने भएको छ।

images
images
images

पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ। व्यास नगरपालिकाले धादिङको ज्वालामुखी कन्स्ट्रक्सनसँग बुल्दीखोलामा पुल निर्माणका लागि बुधबार सम्झौता गरेको हो। बुल्दीखोलामा पुल निर्माणका लागि गत पुस ३ गते विद्युतीय बोलपत्र आह्वान भएको थियो।

images
images

अनलाइनमार्फत पेस भएका तीन फर्मका विद्युतीय बोलपत्रमध्ये नगरपालिकाको स्वीकृत विभागीय लागत अनुमान मूल्यअभिवृद्धि कर र कन्टिजेन्सी बाहेक पाँच करोड ८२ लाख ४० हजार नौ सय ४९ रूपैयाँमा बोलपत्र दर्ता गराएको ज्वालामुखी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए।

images
images

निर्माण कम्पनीका सञ्चालक धर्मराज लोहनी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीबीच ठेक्का सम्झौता भएको हो। पुल निर्माण १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तोकिएको समयमा निर्माण पूरा  हुनेमा आफू विश्वस्त रहेको बताए। रासस


प्रकाशित : बिहीबार , फागुन २४ २०८०१७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend