सोमबार, वैशाख १७ गते २०८१    
images
images

ग्लोबल आईएमई बैंकका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, पाँचहजार बढीको सहभागिता

images
images
images
ग्लोबल आईएमई बैंकका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, पाँचहजार बढीको सहभागिता

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका वर्गहरुका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको हो।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले ४१ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरुका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको हो।

images
images
images

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवायुवतीहरुको सहभागिता रहेको थियो।

images

मुलुकका विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा पाँच हजारभन्दा बढी व्यक्तिहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ।

images

बैंकले कोशी प्रदेशको झापाको दमक नगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा आयोजना गरेका कार्यक्रमहरुमा २ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो। मधेश प्रदेशअन्तर्गत सर्लाहीको मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा सयभन्दा बढीको सहभागिता थियो।

images
images

बागमती प्रदेशअन्तर्गत ललितपुरको ललितपुर महानगरपालिका, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाँउपालिका, मन्थली नगरपालिका, काठमाडौंको काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, धादिङको गल्छी गाँउपालिका, रसुवाको कालिका गाँउपालिका र गोसाइँकुण्ड गाँउपालिकामा आयोजित कार्यक्रमहरुमा १२ सयभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको बैंकले जनाएको छ।

त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत स्याङजाको वालिङ नगरपालिका, नवलपरासीको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका, विनयी-त्रिवेणी गाँउपालिका, लमजुङको बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहुँको भानु नगरपालिकाको कार्यक्रममा ९ सय भन्दा बढी स्थानीयहरुको सहभागिता रहेको थियो। 

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको महराजगञ्ज नगरपालिका, बाणगंगा नगरपालिका, दाङको दंगीशरण गाँउपालिका, राप्ती गाँउपालिका, गुल्मीको मालिका गाँउपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाँउपालिका, नवलपरासीको रामग्राम नगरपालिका, पाल्पा जिल्लाको पूर्वखोला गाँउपालिका, रोल्पाको रोल्पा नगरपालिका, रुपन्देहीको देवदह नगरपालिका,  बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोहिणी गाँउपालिका, सिद्धार्थनगर नगरपालिका, अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा २५ सयभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो। 

साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडीको डिलासैनी गाँउपालिका, डडेल्धुराको अमरगढी नगरपालिकाको कार्यक्रममा दुईसयभन्दा बढी लक्षितवर्गहरुको सहभागिता थियो।

बैंकले यसअघि ३५ शाखाबाट एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो, जसमा चारहजार बढीको सहभागिता थियो। यससँगै ग्लोबल आईएमई बैंकले ७६ शाखा कार्यालयहरुबाट ९ हजारभन्दा बढी लक्षित वर्गहरुलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरी बैंकिङ कारोबार गर्न उत्प्रेरित गरेको छ।

यस आर्थिक वर्षमा आफ्ना ३ सय ५० भन्दा बढी शाखाहरुमार्फत यस्ता लक्षित वर्गको सहभागितामूलक कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखिएको बैंकले जनाएको छ।

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको यस बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाएको छ।

images

प्रकाशित : बिहीबार , फागुन २४ २०८००५:४०

प्रतिक्रिया दिनुहोस