सोमबार, वैशाख १७ गते २०८१    
images
images

अन्तरनिकाय बजेट बाँडफाँटलाई निरन्तरता दिने सहरी विकासमन्त्री बुढाको निर्णय

images
images
images
अन्तरनिकाय बजेट बाँडफाँटलाई निरन्तरता दिने सहरी विकासमन्त्री बुढाको  निर्णय

मन्त्रीले पदबहाली ग्रहणसँगै मन्त्रालयको करिब ४६ अर्ब रूपैयाँको सिलिङलाई मन्त्रालयअन्तर्गतका निकायलाई बाँडफाँट गर्ने निर्णय गरेका छन्।

images
images

काठमाडौं- सहरी विकासमन्त्री धनबहादुर बुढाले चालु आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालयमा प्राप्त बजेट सिलिङलाई अन्तरनिकाय बाँडफाँटलाई निरन्तरता दिने निर्णय गरेका छन्।

images
images
images

मन्त्रिमण्डलको विस्तारसँगै आज पदभार ग्रहण गर्दै मन्त्री बुढाले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।

images

मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्रीले पदबहाली ग्रहणसँगै मन्त्रालयको करिब ४६ अर्ब रूपैयाँको सिलिङलाई मन्त्रालयअन्तर्गतका निकायलाई बाँडफाँट गर्ने निर्णय गरेको जानकारी दिए।

images

'मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायतका विभिन्न मन्त्रालयअन्तर्गतका निकायलाई बाँडफाँट गरेका छौँ। गत वर्ष जुन अनुपातमा थियो। पदबहालीसँगै मन्त्री बुढाले सोही अनुपातमा बजेट बाँडफाँटलाई निरन्तरता दिनेमा स्वीकृत गर्नुभएको छ', सचिव गेलालले जानकारी दिए।

images
images

कर्णाली प्रदेश डोल्पा जिल्ला, काइके गाउँपालिकामा विसं २०३१ फागुन ७ गते जन्मिएका मन्त्री बुढा विसं २०७९ मङ्सिर ४ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट डोल्पा जिल्ला निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए।

उनी विसं २०६० र २०६१ मा जिल्ला विकास समिति सभापति, विसं २०७० मा संविधानसभा सदस्य, विसं २०७४ मा प्रतिनिधिसभा सदस्य, विसं २०७६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका थिए। रासस

images

प्रकाशित : बिहीबार , फागुन २४ २०८००२:०८

प्रतिक्रिया दिनुहोस