सोमबार, वैशाख १७ गते २०८१    
images
images

महाशिवरात्रि व्यवस्थित रुपमा मनाउन ७ उपसमिति गठन

images
बिजनेस न्युज
images
images
महाशिवरात्रि व्यवस्थित रुपमा मनाउन ७ उपसमिति गठन

महाशिवरात्रिका दिन राति २ बजेदेखि पशुपतिनाथ मन्दिरका चारैवटै ढोका खोली भक्तजनलाई सहज दर्शनका गराइने।

images
images

काठमाडौं- महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सातवटा उपसमिति गठन गरी कार्य विभाजनसमेत गरेको छ।

images
images
images

कोषले महाशिवरात्रिका लागि गठित उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, दर्शन मार्ग, पार्किङ तथा ट्राफिक व्यवस्थापन, साधुसन्तको सेवा एवं धार्मिक कार्यक्रम, सजावट तथा मेला बजारलाई निर्वाध सञ्चालन गर्ने जनाएको छ।

images

यसैगरी भोलि शुक्रबार महाशिवरात्रिका दिन राति २ बजेदेखि पशुपतिनाथ मन्दिरका चारैवटै ढोका खोली भक्तजनलाई सहज दर्शनका गराइने कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए।

images

यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको जानकारी दिए। पशुपति क्षेत्रमा गाजा, भाङ, मदिरा तथा मासु पूर्णरुपमा निषेध गरिएको छ।

images
images

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार महाशिवरात्रिका दिन पशुपति आउने भक्तजनका लागि एम्बुलेन्स सेवा, करिब छ सय सवयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका  सुरक्षा अधिकारी परिचालन गरिनेछ।

images

प्रकाशित : बिहीबार , फागुन २४ २०८०१०:४४
प्रतिक्रिया दिनुहोस