आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

निजी क्षेत्रलाई सँगै लिएर अर्थतन्त्रमा आशा जगाउन केन्द्रित हुन्छु - अर्थमन्त्री पुन

images
बुधबार, फागुन २३ २०८०
images
निजी क्षेत्रलाई सँगै लिएर अर्थतन्त्रमा आशा जगाउन केन्द्रित हुन्छु - अर्थमन्त्री पुन

बुधबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पुनले आफू अर्थमन्त्री हुँदा जनतालाई निराश नबनाउने दाबी गरे। अर्थमन्त्री पुनले निजी क्षेत्रलाई सँगै लिएर हिड्नेसमेत बताए।

images
images

काठमाडौं- नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई सँगै लिएर अर्थतन्त्रमा आशा जगाउने कोशिस गर्ने बताएका छन्।

images
images
images

बुधबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पुनले आफू अर्थमन्त्री हुँदा जनतालाई निराश नबनाउने दाबी गरे। अर्थमन्त्री पुनले निजी क्षेत्रलाई सँगै लिएर हिड्नेसमेत बताए। 

images
images

उनले भने, ‘प्रधानमन्त्रीले मलाई विश्वास गर्नुभएको छ। अर्थ मन्त्रालयको टिमलाई विश्वासमा लिएर काम गर्नेछु।’ अर्थमन्त्री पुनले आफ्ना अनुभव र ज्ञान प्रयोग गर्दै जनमुखी काम गर्ने बताए।

images
images

‘विगतमा पनि मन्त्रालय सम्हालिसकेका कारण मलाई केही अनुभव छ। म त्यही अनुभवको सदुपयोग गर्नेछु,’ उनले भने। नवनियुक्त अर्थमन्त्री पुन आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए।


प्रकाशित : बुधबार, फागुन २३ २०८०२१:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend