काठमाडौं- नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विलम्ब भएका सडक आयोजनाका बारेमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्।
कार्यभार सम्हाल्दै महासेठले देशभर निर्माणाधीन आयोजना विलम्ब हुनुको कारण र त्यसको निदानका लागि सुझावसहितको प्रतिवेदन दिनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका हुन्।
‘यो कार्यदलले योजनासहितको सुझाव दिनेछ र यसलाई १५ दिनको समय दिइएको छ। आजको १५ दिनभित्र हामी यस बारेमा प्रष्ट योजना र अवस्थाका बारेमा जानकारी दिन्छौँ’ उनले भने।
मुख्य राजमार्गको निर्माणमा विलम्ब हुँदा राज्यको लागत बढ्ने र जनताले सास्ती खेपीरहेका छन्। यस्ता आयोजनालाई तीव्रता दिन सरकारको मुख्य ध्यान हुने उनको भनाइ छ।