काठमाडौं- नवनियुक्त गृहमन्त्री रवि लामिछानेले देशभित्रै भविष्य छ भनेर युवाहरूलाई आश्वस्त पार्नेगरी काम गर्ने प्रतिबद्धतता गरेका छन्।
पदभार ग्रहरणपछिको पत्रकारसँग कुरा गर्दै लामिछानेले देशभित्र सुरक्षा र शान्तिको प्रत्याभूति दिनेगरी आजदेखि नै काम गरिएको बताए।
सुशासन र सुरक्षाका लागि आवश्यक परे प्रणालीकै सुधारसम्म गरिने उनले बताए।
नागरिकको सेवालाई झन्झटमुक्त बनाउन प्रत्येक प्रशासन कार्यालयलाई सुधार गरिने र कुनै पनि नागरिकले सेवा पाउनका लागि कष्ट नुहनेगरी काम गरिने उनले बताए।
सहकारी पीडितिदेखि वित्तिय वित्तीय चक्रका पीडितहरूलाई न्याय दिनेगरी आफूले काम गर्ने उनको भनाइ छ।