बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

मादी नदीमा थालियो मोटरेबल पुल निर्माण

images
बुधबार, फागुन २३ २०८०
images
images
मादी नदीमा थालियो मोटरेबल पुल निर्माण

एक सय २५ मिटर लामो पुल निर्माणका लागि ०७९ पुस १४ मा २० करोड नौ लाख ५३ हजार तीन सयमा ठेक्का सम्झौता भएको थियो। उक्त पुल निर्माणको काम विसं २०८२ पुस ६ मा सकिने गरी सम्झौता भएको छ।

images
images

डुम्रे- दुई वडा जोड्नका लागि मादी नदीमाथि मोटरेबल पुल निर्माण थालिएको छ। तनहुँको व्यास नगरपालिका-५ र ७ जोड्न मोटरेबल पुल निर्माण थालिएको हो। संघीय सरकारमार्फत सडक विभागले नै यहाँ पुल निर्माण गरिरहेको छ।

images
images
images

उक्त पुल निर्माणका लागि नदीको दुवैतर्फ पिल्लर राख्ने काम भइरहेको एम/एस इन्द्रेणी निर्माण सेवा प्रालिका सञ्चालक बलबहादुर रानामगरले जानकारी दिए। नदीको बहाव कम भएको अवस्थामा नै काम गरिरहेको उनले बताए।

images

उनले भने, 'फाउन्डेसन र सबस्ट्रक्चर, डेक स्लाप, रोड एसेस र नदी संरक्षणसहितको काम गर्नेछौँ। यही हाम्रो मुख्य काम हो। विकाससँगै नदी संरक्षण हाम्रो दायित्व हो। सोही अनुसार काम गरिरहेका छौँ।' पुल समयमा नै निर्माण गर्ने उद्देश्यले तीव्र गतिमा काम भइरहेको उनले जानकारी दिए।

images
images
images

लम्बाइ एक सय २५ मिटर र चौडाइ ११ मिटर पुल निर्माण गरिने उनले बताए। विसं २०७९ पुस १४ मा २० करोड नौ लाख ५३ हजार तीन सयमा ठेक्का सम्झौता भएको थियो। उक्त पुल निर्माणको काम विसं २०८२ पुस ६ मा सकिने गरी सम्झौता भएको छ।

साबिक श्याम्घा र क्यामिन गाविसलाई जोड्नका लागि विसं २०५२ मा झोलुंगे पुल निर्माण गरिएको थियो। झोलुंगे पुल निर्माण भएपछि पैदल यात्रा सहज भए पनि सामग्री ढुवानीमा सकस हुँदै आएको थियो। एउटा गाविसबाट अर्को गाविसमा सामग्री ढुवानी गरेको सकसको अन्त्यका लागि स्थानीयबासी लागिपरेका थिए।

विसं २०६३ पुस ३ गते कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा बसेको एक सय ९१ जनाको भेलाले मोटरेबल पुलको माग गरेको थियो। उक्त समितिले तत्कालीन सरकारसँग पटक-पटक मोटरेबल पुलको माग तथा प्रस्ताव पेस गर्दै आएको थियो। समितिले विसं २०६३ मा राष्ट्रिय योजना आयोगमा मोटरेबल पुलको मागसहित पुगेको स्थानीय प्रदीप घिमिरेले जानकारी दिए।

उनका अनुसार तनहुँ टुहुरे-पुसल-कलेस्ती मार्गअन्तर्गत कलेस्ती बजार वरपर मादी नदीमा एक मोटरेबल पुल निर्माण गरिनुपर्नेमा जोड दिइएको थियो। यस क्षेत्रका उपभोक्तालाई सहजरुपमा सामान र मानिस सवारीसाधनबाट वारपार गर्न मोटरेबल पुलको माग गर्ने निर्णय समितिले गरेको थियो। यस निर्णयसहित कृष्णप्रसाद घिमिरे, मायानाथ कोइराला, प्रदीप घिमिरे, वर्तमान वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेलगायतको टोली योजना आयोगमा मोटरेबल पुलको माग गर्न पुगेका थिए।

पटक-पटकको माग १७ वर्षपछि बल्ल पूरा हुँदै गएको घिमिरेले बताए। पुल निर्माणपछि यहाँका स्थानीयले सामान ढुवानी र मानिस आवतजावतमा नै सवारीसाधन उपयोग गर्न पाउने भएको उनले बताए।

उनले भने, 'राष्ट्रपतिकै गृहजिल्ला पनि भयो। उहाँकै दबाबपछि पुल निर्माणको कामले गति लिएको छ। यहाँका स्थानीयबासी खुसी भएका छन्। यहाँका स्थानीयलाई घुम्ती बाटो दमौली बजार पुग्नुपर्ने बाध्यता हट्नेछ। सवारीसाधन चल्ने मुख्य बाटोमा आइपुग्न हिँड्नुपर्ने बाध्यता हट्ने भएपछि यहाँका स्थानीयको खुसी छन्।'

पुल निर्माणले व्यास-५ चिन्टुटारका स्थानीय बढी लाभान्वित हुने भएका छन्। यस क्षेत्रमा पुग्न सडक भए पनि पुल नहुँदा घुम्ती बाटो उपयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ। यहाँका स्थानीयले जोखिम मोलेर नै झोलुंगे पुलमार्फत दुईपाङ्ग्रे सवारीसाधनमार्फत सामग्री ढुवानी र आवतजावत गर्ने गरेका थिए। झोलुंगे पुल भएकै स्थानमा मोटरेबल पुल निर्माण हुन थालेपछि यहाँका स्थानीयमा खुसी छाएको छ। रासस


प्रकाशित : बुधबार, फागुन २३ २०८०१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend