बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

सिंहदरबारमा घट्यो चलहपहल, संसद्को कार्यसूची प्रभावित

images
बुधबार, फागुन २३ २०८०
images
images
सिंहदरबारमा घट्यो चलहपहल, संसद्को कार्यसूची प्रभावित

सिंहदरबारस्थित मन्त्रालयमा विभागीयमन्त्री नहुँदा भेटघाट तथा नीतिगत निर्णय नहुने भएकाले चहलपहल कम भएको हो।

images
images

काठमाडौं- सत्ता गठबन्धनमा हेरफेर भइ मन्त्रिमण्डल विस्तार जारी रहेकाले चलिरहँदा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल कम भएको छ।

images
images
images

राजनीतिक भेटघाट र वार्ता प्रधानमन्त्री निवास बालुवाटार, विभिन्न पार्टीका कार्यालय र शीर्षनेताका निवासमा बढेपछि सिंहदरबारमा प्रायः लाग्ने भीडभाड पातलिएको छ। अन्य समयमा सिंहदरबार छिर्ने ढोकामा कार्यालय आउने र जाने समयमा प्रवेश पास जाँच गर्न सुरक्षाकर्मीलाई भ्याइनभ्याइ हुने गरेकामा त्यो भिड अहिले कम भएको छ।

images

सिंहदरबारस्थित मन्त्रालयमा विभागीयमन्त्री नहुँदा भेटघाट तथा नीतिगत निर्णय नहुने भएकाले चहलपहल कम भएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले राजनीतिक हेरफेर र विभागीयमन्त्री नभएका कारण नीतिगत निर्णयहरु हाल नभएको बताए।

images
images
images

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले यही फागुन २१ गते नेपाली कांग्रेससमेतको गठबन्धन तोडेर नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)सँग सहयात्रा आरम्भ गरेपछि तीन पार्टीका तर्फबाट तीन मन्त्री नियुक्त भए पनि मन्त्रालयको कार्यभार तोकिएको छैन।

संसदको कार्यसूची प्रभावित

सत्ता गठबन्धनमा हेरफेरसँगै संघीय संसद्का कार्यतालिका पनि प्रभावित भएका छन्। यही फागुन २१ गतेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगन भई यही फागुन २४ गते बिहीबारका लागि निर्धारण गरिएको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बिहीबारको बैठकका विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए। विभागीयमन्त्री नहुँदा अहिले संसदीय समितिका बैठक पनि प्रभावित भएका छन्। सार्वजनिक लेखा समितिको उपसमितिको बैठक भने बसिरहेको छ। रासस


प्रकाशित : बुधबार, फागुन २३ २०८०१४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend