बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिँदै मानपुर-बुलिङटार सडक

images
बुधबार, फागुन २३ २०८०
images
images
ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिँदै मानपुर-बुलिङटार सडक
फाइल तस्बिर

कालोपत्र कार्य अघि बढाएसँगै उक्त सडक बन्द गरिएको छ। विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र गर्न लागिएको हो।

images
images

तनहुँ- गण्डकी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको मानपुर-डेडगाउँ-बुलिङटार सडकमा मंगलबारदेखि कालोपत्र सुरु भएको छ। गत फागुन ७ गतेदेखि कालोपत्र गर्ने भनिए पनि प्राविधिकका कारण ढिलाइ हुन गएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। 

images
images
images

‘ट्रयाक’ खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दुरीको उक्त सडकअन्तर्गत पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र थालिएको उनले बताए।

images

जिल्लाको घिरिङ गाउँपालिका-४ मानपुरबाट सुरु भएर डेडगाउँको सिमानासम्मको ११ किलोमिटर खण्डमा सडक कालोपत्र हुनेछ। उनले भने, 'पहिलो चरणमा छ किलोमिटर निरन्तर हुन्छ, बाँकी पाँच किमी एक महिनापछि गरिनेछ।'

images
images
images

अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिन लागेको कार्यालय प्रमुख आचार्यले बताए। कालोपत्र कार्य अघि बढाएसँगै उक्त सडक बन्द गरिएको छ। विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र गर्न लागिएको हो।

उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो। भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ रूपैयाँको लागतमा कालोपत्र सुरु गरिएको आचार्यले जानकारी दिए।

३५ करोड १४ लाख ७४ हजार एक सय नौ रूपैयाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार तीन सय १६ रूपैयाँमा कालोपत्रको ठेक्का पाएको थियो। उक्त सडकको चौडाइ सात मिटर हुनेछ। सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिनेछ।

विसं २०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो। ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माण कार्य प्रभावित भएको उक्त निर्माण कम्पनीले जनाएको छ। रासस


प्रकाशित : बुधबार, फागुन २३ २०८०१४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend