आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

रोयल इनफिल्डदेखि यामाहासम्मका १ सय ८५ मोटरसाइकल भन्सारले लिलाम बिक्री गर्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २३ २०८०
images
रोयल इनफिल्डदेखि यामाहासम्मका १ सय ८५ मोटरसाइकल भन्सारले लिलाम बिक्री गर्दै

चोरीपैठारी गरेर ल्याइएका त्यस्ता मोटरसाइकल भन्सारले लिलामीमार्फत बिक्री गर्दै आएको छ।

images
images

काठमाडौं- जनकपुर भन्सार कार्यालयले विभिन्न ब्रान्डका १ सय ८५ वटा मोटरसाइकल लिलाम बिक्रीका लागि सूचना निकालेको छ। चोरी पैठारी गरेर ल्याइएका त्यस्ता मोटरसाइकल भन्सारले लिलामीमार्फत बिक्री गर्दै आएको छ। 

images
images
images

जनकपुर भन्सारले भन्सार नियमावली २०६४ को नियम ३५(१) बमोजिम विभिन्न सवारीसाधनहरुको सिलबन्दी लिलाम बिक्रीका लागि बुधबार सूचना जारी गरेको हो। 

images
images

भन्सारले निकालेको लिलाम सूचनामा ६१ वटा पुनः दर्ता गर्न सकिने मोटरसाइकल तथा स्कुटर छन् भने १ सय २४ वटा पुनः दर्ता गर्न नसकिने खालका रहेका छन्। पुन: दर्ता गर्न नसकिने मोटरसाइकल पत्रु गर्नुपर्ने छ। पत्रु गर्नुपर्ने १ सय २४ मोटरसाइकलका लागि न्यूनतम मूल्य ७ लाख ५० हजार ५ सय ५० रुपैयाँ तोकिएको छ। 

images
images

त्यस्तै अन्य मोटरसाइकलको भने हरेकको छुट्टाछुट्टै मूल्य कायम गरेर लिलामी गर्न लागिएको छ। लिलाम बिक्रीका लागि जारी भएको सूचनाअनुसार न्यूनतम १२ हजार ५ सय रुपैयाँदेखि ५५ हजार रुपैयाँसम्मका मोटरसाइकल उपलब्ध हुनेछ। 

लिलामीमा होन्डा, टीभीएस, हिरो, यामाहादेखि रोयल इनफिल्डसम्मका मोटरसाइकल तथा स्कुटर छन्। 

लिलामी लिन चाहने व्यक्ति तथा फर्मले २१ दिनभित्र गोप्य सिलबन्दी गरेर बोलकबोल गर्न सक्ने भन्सार कार्यालयले जनाएको छ। 


प्रकाशित : बुधबार, फागुन २३ २०८०११:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend