सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

images
मंगलबार, फागुन २२ २०८०
images
पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

२०७६ देखि २०८० मंसिर १६ सम्ममा पाथीभरामा संकलन भएको ५ हजार २९८ तोला १२ लाल चाँदीलाई पनि बिक्री गर्ने प्रक्रिया प्रारम्भ गरिएको छ।

images
images

फुङ्लिङ- ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ। पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो।

images
images
images

विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना संकलनपछि प्रशोधन गरेर १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा राखिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

images
images

२०७६ देखि २०८० मंसिर १६ गते सम्ममा पाथीभरामा पाँच हजार २९८ तोला १२ लाल चाँदी संकलन भएको र त्यसलाई पनि बिक्री गर्ने प्रक्रिया प्रारम्भ गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रचिन हाङपाङले बताए।

images
images

कार्यकारी निर्देशक हाङपाङका अनुसार प्रतितोला सुनको मूल्य एक लाख २१ हजार रूपैयाँ र प्रतितोला चाँदीको मोल एक हजार ४१० रूपैयाँ कायम गरिएको छ।

सुनचाँदी खरिद गर्न इच्छुक फर्म वा व्यक्तिलाई २१ दिनको समय दिएर बोलपत्र आह्वान गरिएको छ।

बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी बडादसैँ र वसन्त ऋतुमा भक्तजनको चाप बढ्ने गरेको छ। बडादसैँपछि चैतेदसैँमा पनि धेरै देवीभक्त यहाँ आउने गर्दछन्। भारतका साथै अन्य देशबाट पनि भक्तजन यहाँ आउने गरेका छन्। रासस


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend