बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

बागलुङ र पर्वत जोड्ने सात करोड लागतको झोलुंगे पुल सञ्चालनमा

images
मंगलबार, फागुन २२ २०८०
images
images
बागलुङ र पर्वत जोड्ने सात करोड लागतको झोलुंगे पुल सञ्चालनमा

बागलुङको गौरीधाम र पर्वतको ओडारे जोड्ने सात करोड लागतको झोलुंगे पुल निर्माण सम्पन्न भएर चारदिन अघिदेखि सञ्चालनमा आएको हो।

images
images

गलकोट- बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ। 

images
images
images

बागलुङ नगरपालिका-४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका-८ ओडारे जोड्ने गरी जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच सय २३ मिटर लामो झोलुंगे पुल निर्माण भएको हो।

images

लामा र अग्ला झोलुंगे पुलहरूको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जोड्नेगरी कालीगण्डकी नदीमाथि नै पाँच सय ६७ मिटर लामो झोलुंगे पुल निर्माण भइसकेको छ। 

images
images
images

सात करोड रूपैयाँ लागतमा उक्त झोलुंगे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको बागलुङ-४ का वडाध्यक्ष कुमार विक्रम क्षत्रीले जानकारी दिए। 'पुलबाट वारिपारि गर्न थालेको चार दिन भयो। निर्माण सम्पन्न भएपनि औपचारिक उद्घाटन भने भएको छैन', उनले भने, 'पुल बनेपछि बागलुङ बजारको समृद्धिसँग पर्वतको जलजला पनि जोडिएको छ। यसअघि यहाँका नागरिक आउजाउ गर्न एक/डेढ घण्टा लाग्नेमा अब १० मिनेट लाग्नेछ।'

दुई वर्षमा निर्माण सक्ने गरी विसं २०७९ जेठमा सम्झौता भई विसं २०७९ साउनदेखि निर्माण सुरु भएकामा डेढ वषमा काम सकिएको निर्माण पक्ष हिम शिखर कन्ट्रक्सनले जनाएको छ। पुल हस्तान्तरणको तयारी भइरहेको कम्पनीका प्रतिनिधि नरहरी खड्काले जानकारी दिए। निर्माणका लागि बजेट व्यवस्थापन भने सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंले गरेको थियो।

बागलुङ बजारलाई पर्वतको जलजलासँग जोड्दा यहाँको व्यापार व्यवसाय बढ्ने छ भने जलजलाका स्थानीयलाई घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्था अन्त्य भएको छ। 

जलजलाबाट बागलुङ बजारको विद्यामन्दिरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी अभिषेक जिसीले आफूलाई हिडेर यहाँ अध्ययन गर्न आउँदा डेढ घण्टा लाग्ने गरेको बताए। चार दिनदेखि पुलबाट आवातजावत गर्न थालेको भन्दै यसले समयमको बचत भएको बताए।

'यसअघि दैनिक आउजाउ गर्न सास्ती भएपछि कोठा लिएर ११ कक्षा पढेको थिएँ। पुल बन्नथालेपछि कोठा छोडेर घरबाटै आउन जान थालेकामा अहिले चार दिनदेखि सहज भएको छ। करिब १० मिनेटमा विद्यालय पुग्न सकिन्छ', जिसीले भने। रासस


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend