शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

इन्टरनेटमा भाइरल भइरहेको सडक विभागको तस्बिर, जनता धम्क्याउने विज्ञप्ति

मंगलबार, फागुन २२ २०८०
इन्टरनेटमा भाइरल भइरहेको सडक विभागको तस्बिर, जनता धम्क्याउने विज्ञप्ति

वास्तविकता नबुझी देशको खराब अवस्था चित्रण गर्ने मनसायले यस्ता तस्बिर पोष्ट नगर्न विभागले विज्ञप्तिमार्फत् प्रयोगकर्ताहरूलाई धम्किपूर्णरुपमा सचेत गराएको छ।

काठमाडौं- गएको आइतबार सामाजिक सञ्जाल एक्समा सडक विभागको केन्द्रीय कार्यालय प्राङ्‍गणको एउटा तस्बिर पोष्ट भयो। दिपेन्द्र चौलागाईंले पोष्ट गरेको फोटोमा प्रयोगकर्ताले विभिन्न कोणबाट प्रतिक्रिया दिइरहेका छन्। 

यो फोटो उनकै एउटा पोष्टमै सीमित भएन। एक दुई हुँदै व्यापक भयो। अनि त यो फोटो नेपालमैमात्र सीमित भएन। संसाभरका विभिन्न मिम पेजले फरक फरक क्याप्सन राखेर पोष्ट गरे। एक दुई हुँदै भाइरल भयो। 

अहिले यही फोटोमा यति धेरै मिम बनेका छन् कि कुनै पोष्टमा कुन देशको हो भन्नेसम्मका विवाद भइरहेको देखिन्छ। 

सडक विभाग लेखिएको बोर्ड र त्यसको बाहिर हिलाम्मे सडकमा गुडिरहेका गाडीसहितको यो फोटोले समग्र देशको सडक निर्माण तथा सञ्चालनको अवस्थालाई चित्रण गर्न खोजेको भन्दै धेरै प्रयोगकर्ताले प्रतिक्रिया दिइरहेका छन्।

कार्यालयकै प्राङ्‍गण जुन निकै सानो अंशको निर्माण हो त्यसलाई पनि यस्तो अव्यवस्थित बनाउने विभागले देशका ठूला ठूला आयोजना कसरी सम्हालिरहेको छ भन्ने प्रश्न पनि यसले उठाएको छ। 

एउट फोटो आयो त्यसलाई आफ्नै आसयमा कयौँ प्रयोगकर्ताले पोष्ट गरे र मिम बनाए। यो अहिले देशको सीमाभन्दा बाहिरसमेत गइसकेको छ। नेपाल बाहिरका धेरै मिम पेजले यो नेपालकै हो भनेर लेखेका छैनन् तर बोर्डमा देखिने नेपाली अक्षरले पहिचान दिएको छ। देवनागरी लिपी भएकाले कतिपय प्रयोगकर्ताले यो भारतको हो कि भन्ने शंका पनि गरेका छन्।  

इन्टरनेटमा तस्बिर भाइरल भएपछि सडक विभाग अन्तर्गतको डिभिजन कार्यालय काठमाडौंले भने स्पष्टीकरणसहितको धम्कीपूर्ण विज्ञप्ति जारी गरेको छ। विभागले इन्टरनेट प्रयोगकर्तालाई सचेत गराउँदै पूर्वाधारविज्ञ नबन्न चेतावनीसमेत दिएको छ। 

वास्तविकता नबुझी देशको खराब अवस्था चित्रण गर्ने मनसायले यस्ता तस्बिर पोष्ट नगर्न विभागले विज्ञप्तिमार्फत् प्रयोगकर्ताहरूलाई धम्किपूर्णरुपमा सचेत गराएको छ। 

२०७२ सालको भूकम्पले बबरमहलमा रहेको विभागको कार्यालय चाकुपाटमा सरेको थियो। बबरमहलको जिर्णेद्वारपछि गएको भदौमा सडक विभागको कार्यालय बबरमहलमै सरिसकेको छ। कार्यालय सरेपनि पहिलेको ठेक्कामा प्राङ्‍गणमा रहेको सडक निर्माणको काम नसमेटिएकाले फरक ठेक्का दिएर अहिले काम भइरहेको विभागले जानकारी दिएको छ। 

GH0bFndXkAAnyPR.jpeg


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend