सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

नदीजन्य पदार्थबाट करोडौँ राजस्व संकलन हुँदै

images
मंगलबार, फागुन २२ २०८०
images
नदीजन्य पदार्थबाट करोडौँ राजस्व संकलन हुँदै

यस आर्थिक वर्षमा राप्ती सोनारी गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न पाँच घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का लगाइएको छ।

images
images

राँझा- बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालु आर्थिक वर्षमा आठ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गर्ने भएको छ।

images
images
images

यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी आठ करोड ६७ लाख ९६ हजार नौसय रूपैयाँमा ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए।

images
images

'विगतका वर्षमा नदीजन्य पदार्थको ठेक्का नलाग्दा राजस्व संकलनमा कमी भए पनि गत आर्थिक वर्षदेखि ठेक्का प्रक्रियाबाट राजस्व संकलन हुँदै आएको छ', देवकोटाले भने, 'यस आर्थिक वर्षमा राप्ती सोनारी गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न पाँच घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का लगाएका छौँ।'

images
images

नवलपरासीको सरवल गाउँपालिका-१ स्थित चुर कन्स्ट्रक्सन एन्ड ढकाल सप्लायर्सले पाँचवटै घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का सम्झौता गरेको उनले जानकारी दिए। गाउँपालिका-२, ४, ५, ६ र ९ मा पर्ने बग्दैलाघाट, सिधनियाघाट, आलिनगरी, खल्लाटपरी घाट र जलालाघाटको ठेक्का सम्झौता भएको हो।

नदीजन्य पदार्थको समयमै ठेक्का सम्झौता भएकाले चोरी-निकासीको समस्या कमी भएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए। विगतमा नदीजन्य पदार्थको चोरी-निकासी रोक्न जनप्रतिनिधिसहितको टोलीले क्रसर उद्योग र घाटगद्दीको निरीक्षण, अनुगमन गर्ने कार्य गरेको उल्लेख गर्दै उनले गाउँपालिका क्षेत्रमा भएका प्राकृतिक स्रोतको अधिकतम उपयोग गरी गाउँपालिकालाई समृद्ध गर्नतर्फ आफू अग्रसर भएको बताए। रासस


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend