सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

राजविराजका तत्कालीन आयोजना प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
मंगलबार, फागुन २२ २०८०
images
राजविराजका तत्कालीन आयोजना प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको तीन सय मिटर सडक कालोपत्र गर्ने क्रममा प्रक्रिया नपुर्‍याइ काम गरेकाले भ्रष्टाचारको अभियोगमा आज मुद्दा दायर गरिएको हो।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

images
images
images

राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको तीन सय मिटर सडक कालोपत्र गर्ने क्रममा प्रक्रिया नपुर्‍याइ काम गरेकाले भ्रष्टाचारको अभियोगमा आज मुद्दा दायर गरिएको हो।

images
images

तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देव, इन्जिनियर मदन राय र सबइन्जिनियर सरोजकुमार यादवविरुद्ध तीन लाख ४७ हजार रूपैयाँ बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

images
images

उनका अनुसार गुन्जा कन्सट्रक्सन, खडक नगरपालिका-८ सप्तरीका प्रोपाइटर गोविन्दप्रसाद मण्डलविरुद्ध पनि तीन लाख ४७ हजार रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend