सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

भानुभक्त जन्मस्थललाई संघीय सरकार मातहत राख्न माग

images
मंगलबार, फागुन २२ २०८०
images
भानुभक्त जन्मस्थललाई संघीय सरकार मातहत राख्न माग

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहतमा राख्न भानु नगर कार्यपालिकाले निर्णय गरेको छ।

images
images

तनहुँ- भानु चुँदीरम्घामा रहेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहतमा राख्न भानु नगर कार्यपालिकाले निर्णय गरेको छ।

images
images
images

नेपालीको भाषिक एकताको प्रतीक राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकास समितिलाई नेपाल सरकारको स्वमित्वमा राख्ने गरी सञ्चालन गर्न नगरपालिकाले निर्णयसहित माग गरेको हो।

images
images

आचार्यको जन्मस्थल क्षेत्रको महत्व सङ्कुचनमा पर्ने हुँदा उक्त क्षेत्रलाई बृहत्तर सोचका साथ विकास गर्न पुनः विकास समिति ऐन २०१३ बमोजिम गठन र सञ्चालन गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।

images
images

गत माघ २५ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन आदेश २०७७ खारेज गरी उक्त आदेशबमोजिम खारेजीमा परेको संस्थाको सम्पत्ति, दायित्व, काम गर्न बाँकी रहेका परियोजना तथा कार्यरत जनशक्तिलाई नगरपालिकाले अविलम्ब स्वमित्व ग्रहण गर्न संघीय सरकारमार्फत पत्र प्राप्त भएको थियो। रासस


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend