सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

पशुपति क्षेत्रमा मासुजन्य पदार्थ र मदिरा बिक्रीमा रोक, थालियो सजावटको काम

images
मंगलबार, फागुन २२ २०८०
images
पशुपति क्षेत्रमा मासुजन्य पदार्थ र मदिरा बिक्रीमा रोक, थालियो सजावटको काम

महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छ। पशुपति क्षेत्र विकास कोषले यसवर्ष कसैलाई पनि विशेष पासको व्यवस्था गरेको छैन।

images
images

काठमाडौं- महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ। यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो। 

images
images
images

महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छ भने पशुपति क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ। 

images
images

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गरी भोलि बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला-मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला-तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ।

images
images

पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाइ भव्यरुपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभित्रको सुरक्षालगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको हो।

पशुपतिनाथ क्षेत्रमा तोकिएका चारकिल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी पूर्णरुपमा रोक लगाउने निर्णय गरिएको विकास कोषले जनाएको छ। 

सो पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिँदैछ। मन्दिर आसपासका क्षेत्रमा फूल र बत्तीको सजावट सुरु भएको छ। पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा सजावटको काम सुरु भएको जनाएको छ। मन्दिर आसपासका क्षेत्रमा सरसफाइदेखि फूल तथा विभिन्न रङले शृंगार्ने कामसम्म सुरु गरिएको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए।

कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको बताए। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजाआराधनाका लागि पुगेका भक्तजनलाई व्यवस्थापनमा कुनै कमी नराखिको जनाएको छ। कोषले यस वर्ष कसैलाई पनि विशेष पासको व्यवस्था नगरिएको पनि जनाएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend