बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

जिप्राका मुगुका तत्कालीन कार्यालय प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
सोमबार, फागुन २१ २०८०
images
images
जिप्राका मुगुका तत्कालीन कार्यालय प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले जिप्राका मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध २६ लाख ८२ हजार १४ रूपैयाँ बराबरको बिगो दाबी गरेको छ।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित १० जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। सोरु गाउँपालिका-९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानूनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ।

images
images

आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध २६ लाख ८२ हजार १४ रूपैयाँ बराबरको बिगो दाबी गरेको छ। तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेही शाही र कोषाध्यक्ष रत्न रपा शाहीविरुद्ध पनि समान बिगो दाबी गरेको छ।

images
images

सामुदायिक सिँचाइ आयोजनाअन्तर्गत परामर्शदाता संस्थामार्फत खटिएका सामाजिक परिचालक संयोजक प्रकाश बुढथापाविरुद्ध समान बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। यस्तै, सोरु-९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगीविरुद्ध पनि भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको उनले बताए। रासस

images
images
images


प्रकाशित : सोमबार, फागुन २१ २०८०१६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend