सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

कांग्रेसले गुमायो सत्ता, एमालेसँग मिलेर सरकार चलाउँदै प्रचण्ड

images
सोमबार, फागुन २१ २०८०
images
कांग्रेसले गुमायो सत्ता, एमालेसँग मिलेर सरकार चलाउँदै प्रचण्ड

गठबन्धनमात्र होइन पार्टी एकतासम्म नै पुग्नेगरी नयाँ गठबन्धन बनेको नेताहरूले बताएका छन्।

images
images

काठमाडौं- नेपाली कांग्रेसले सत्ता गुमाएको छ। माओवादीसँगको साझेदारीमा केन्द्रदेखि प्रदेशसम्म सरकारमा पुगेको नेपाली कांग्रेसले अहिले गठबन्धन गुमाएको छ। 

images
images
images

माओवादी-कांग्रेसको गठबन्धन भत्किएर नयाँ समीकरण बनेसँगै कांग्रेस सत्ताविहीन हुने भएको हो। गत वर्ष सुरूमा एमालेसँग मिलेर सरकार बनाएका प्रचण्डले फेरि त्यही गठबन्धन ब्युँताएका छन्। 

images
images

माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीसहितको नयाँ गठबन्धन बनेको छ। योसँगै आजै सबै मन्त्री बाहिरिने र नयाँ मन्त्रिसहितको मन्त्रीमण्डल पुनर्गठन हुने भएको छ। एमाले र माओवादीबाट एक/एक जना मन्त्री समावेश भएर आजै पुनर्गठन हुने बताइएको छ। 

images
images

गत वर्ष पुसमा पनि यही गठबन्धन बनेको थियो। त्यसपछि फेरि कांग्रेस भित्रिएर एमाले बाहिरिएको थियो। 

एक वर्षको अन्तरमै एमाले सत्तामा फर्किएको छ। केन्द्रदेखि प्रदेशसम्म फेरि एमालेले सत्ताको साझेदारी पाउने भएको छ। कांग्रेससँगको सहकार्य सुखद नभएको माओवादीभित्र एमालेसँग मिल्नुपर्ने आवाज उठ्दै आएको थियो। 

राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै माओवादीमा चर्को आलोचना भएको थियो। सरकार बनेपछि नै मन्त्रीहरूको हेरफेरमा कांग्रेसले साथ नदिएको, सचिवमात्र होइन सहसचिव सरुवामा समेत कांग्रेसले बाहिरबाट हस्तक्षेप गरेको भन्दै प्रचण्डले असन्तुष्टी जनाउँदै आएका थिए। त्यही क्रममा पछिल्लो समय कांग्रेसको महासमितिले चुनावी गठनबन्धन नगर्ने खालको प्रस्ताव ल्याएपछि बलियो साझेदारीको खोजीमा प्रचण्ड लागेका थिए। 

गठबन्धनमात्र होइन पार्टी एकतासम्म नै पुग्नेगरी नयाँ गठबन्धन बनेको नेताहरूले बताएका छन्। 


प्रकाशित : सोमबार, फागुन २१ २०८०१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend