बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

निम्बलले ल्याउँदैछ ‘ईभी रेन्टल राइड’ सेवा, साइकलदेखि कारसम्म भाडामा पाइने

images
आइतबार, फागुन २० २०८०
images
images
निम्बलले ल्याउँदैछ ‘ईभी रेन्टल राइड’ सेवा, साइकलदेखि कारसम्म भाडामा पाइने

आवश्यकता अनुसार यस्तो राइड रेन्टल लिन सकिनेछ। एक ठाउँदेखि अर्को ठाउँमात्र नभएर दिनभर वा जति समय चाहिन्छ उति समयका लागि रेन्टल बुक गर्न सकिनेछ।

images
images

काठमाडौं- निम्बस समूहले रेन्टल राइड सेवा सञ्चालनमा ल्याउने भएको छ। विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको निम्बस समूहले पछिल्लो समय रेन्टल राइड पनि सुरू गर्न लागेको हो। 

images
images
images

निम्बल नामको कम्पनी मार्फत् यो सेवा सञ्चालनमा आउने भएको छ। आफै पनि विद्युतीय स्कुटर र साइकल बिक्री गरिरहेको यो समूहले यो सेवामा सबै साधन विद्युतीयमात्र प्रयोग गर्नेछ। 

images

यो रेन्टल राइड सेवा लिनका लागि कुनै आफै चलाउनुपर्ने छ। आवश्यक भएका ग्राहकले बुकिङ गर्ने र चाहिएको ठाउँदेखि जानुपर्ने ठाउँसम्म चलाएर जानेछन्। 

images
images
images

जस्तो न्यूरोडमा भएको मान्छेले बालाजु जानुपर्नेछ र उसलाई आफै चलाउन आउँछ भने निम्बलको रेन्टल बुक गर्न सक्नेछ। यसरी बुकिङ गरेपछि निकट ठाउँमा भएको स्पटमा गएर साधन लिएर जानुपर्ने छ।

साइकल, स्कुटर र मोटरसाइकलसँगै कार पनि उपलब्ध हुनेछन्। अहिलेका लागि भने साइकल र स्कुटरमात्र रहेका छन्। यी सबै साधान विद्युतीय हुनेछन्। 

निम्बसले काठमाडौंमा विभ्न ठाउँमा खोलेका स्टोरहरू निम्बल रेन्टलका स्पट हुनेछन् जहाँबाट राइड लिनुपर्नेछ र सम्पन्न भएपछि निश्चित ठाउँमा छोड्नुपर्नेछ।

आवश्यकता अनुसार यस्तो राइड रेन्टल लिन सकिनेछ। एक ठाउँदेखि अर्को ठाउँमात्र नभएर दिनभर वा जति समय चाहिन्छ उति समयका लागि रेन्टल बुक गर्न सकिनेछ। 

अहिले नेपालमा राइड सेयरिङ सेवा प्रचलनमा रहेको समयमा निम्बलले भने रेन्टल राइड ल्याउन लागेको हो। परम्पारगत राइड रेन्टलमा चालकसहित पाइने भएपनि यसमा भने आफै चलाउनुपर्ने छ। 


प्रकाशित : आइतबार, फागुन २० २०८०१४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend