सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

जमुनाह र जयसपुरगाउँमा बन्ने भयो पक्की सडक

images
आइतबार, फागुन २० २०८०
images
जमुनाह र जयसपुरगाउँमा बन्ने भयो पक्की सडक

भारतसँग जोडिएको नेपालगञ्जको वडा नं १५ पिप्रहवा र वडा नं १६ जयसपुरमा हालसम्म पक्की सडक निर्माण भएको छैन।

images
images

बाँके- नेपालगञ्ज उपमहानगरपालिकाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा पक्की सडक बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन्।

images
images
images

भारतसँग जोडिएको नेपालगञ्जको वडा नं १५ पिप्रहवा र वडा नं १६ जयसपुरमा हालसम्म पक्की सडक निर्माण भएको छैन। उपमहानगरपालिकाले जमुनाह र जयसपुरगाउँमा पक्की सडक निर्माणको काम सुरु गरेपछि खुसी लागेको स्थानीय कैलाश यादवले बताए। 'हाम्रो वडाका भित्री सडक अहिलेसम्म पक्की भएको छैन, अब भने बन्ने आशा जागेको छ', यादवले भने, 'पक्की सडक नहुँदा वर्षाका बेला हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्था रहेको छ।'

images
images

नेपालगञ्ज-१५ स्थित जमुनाहा गाउँमा मुख्य सडक सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म पुग्ने दुईसय २० मिटर लामो सडकमा कालोपत्र गर्ने कार्य सुरु भएको उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए। आगामी जेठ १५ गतेभित्र काम सक्ने गरी एएनडी कन्स्ट्रक्सन ग्रुप बाँकेले ठेक्का पारेको छ। ४७ लाख ८८ हजार लागतमा सडक बत्ती जडान, सडक स्तरोन्नति तथा नालामा ढक्कन हाल्ने काम सम्पन्न हुने उपमहानगरपालिकाका इञ्जिनियर प्रदीपकुमार हरिजनले जानकारी दिए।

images
images

पक्की सडक निर्माणसँगै ४० खम्बामा सडक बत्ती जडान, माटो पटान तथा नालामा ढक्कन हाल्ने योजनाको सुरुवात भएको वडा नं १५ का वडाध्यक्ष मदनविक्रम शाहले बताए। उनले साविकको पिप्रहवा गाविस रहेको वडा नं १५ भौगोलिकरुपमा ठूलो वडा भएकाले पूर्वाधार विकासमा बजेटको अभाव हुने भएकाले जनताको चाहनाबमोजिम काम हुन नसकेको बताए। 

यसैगरी भारतीय सीमा क्षेत्रसँग जोडिएको उपमहानगरपालिका-१६ जयसपुरमा मुख्य सडक जोड्ने फराकिलो पक्की सडक निर्माण प्रक्रिया सुरु भएको छ। जयसपुरस्थित अब्दुल रहमानको घरदेखि पचपोखरा जाने बाटोसम्म पक्की सडक बन्ने भएपछि स्थानीयमा खुसियाली छाएको छ।

यो सडक निर्माण सम्पन्न भएसँगै जयसपुरवासीलाई मुख्य सडकसम्म पुग्नका लागि सवारी आवतजावतमा सहज हुनुका साथै जयसपुरको मुहार परिवर्तन हुने वडाध्यक्ष कलीम अहमद जोलाहले बताए। वडाध्यक्ष जोलाहको विशेष पहलमा वडामा पक्की सडक बन्ने भएपछि वडावासी खुसी भएको वडासचिव तेजबहादुर सिंहले बताए।

'जयसपुरमा अहिलेसम्म साँघुरा सडक भएका कारण वडावासीलाई मुख्य सडकसम्म पुग्न समस्या रहेको छ', उनले भने, 'अब यो सडक बनेपछि जयसपुर गाउँभित्रैसम्म ठूला सवारीसाधनको सहजै आवागमन हुनेछ र त्यसले यहाँको समग्र विकासमा प्रभाव पार्नेछ।'

९० लाख रूपैयाँको लागतमा सडक निर्माण काम सुरु भएको छ। उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले जयसपुरको विकासमा यो सडकले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सडकको गुणस्तरीयता र समयमै काम सम्पन्न गर्नका लागि सबै वडावासीले ध्यान दिनुपर्नेमा जोड दिए। रासस


प्रकाशित : आइतबार, फागुन २० २०८०१४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend