बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

पश्चिमी वायुको प्रभावले हल्कादेखि मध्यम वर्षाको सम्भावना

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २० २०८०
images
पश्चिमी वायुको प्रभावले हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

images
images

काठमाडौं- पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनुका साथै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

images
images
images

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  अहिले देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

images
images

काठमाडौँ उपत्यकाका केही स्थानमा बिहान हल्का वर्षा भएको छ। काठमाडौँको आकाशमा बिहानैदेखि बादल लागेको छ।

images
images

दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा पनि कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।


प्रकाशित : आइतबार, फागुन २० २०८००९:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend