सोमबार, वैशाख २४ गते २०८१    
images
images

चुरेका ग्रामीण सडकको स्तरोन्नति थालियो

images
images
images
चुरेका ग्रामीण सडकको स्तरोन्नति थालियो

ट्र्याक खुलेका कच्ची सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु गरिएको हो।

images
images

गोदावरी- कैलालीको चुरे गाउँपालिका क्षेत्रभित्रका ‘ट्र्याक’ खोलिएका ग्रामीण सडकको स्तरोन्नति गर्ने काम सुरु भएको छ। 

images
images
images

ट्र्याक खुलेका कच्ची सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु गरिएको हो। चौमाला-गर्भा दरबार, चौमाला-खैराला, सहजपुर-अलाडनिगाली, देउराली-मौरे सडकको ठेक्का सम्झौता भइ स्तरोन्नतिको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीले बताए।

images

चौमाला-गर्भा दरबार सडकअन्तर्गत चार किलोमिटर सडक स्तरोन्नतिका लागि चुरे निर्माण सेवासँग ८३ लाख ९८ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको छ। चौमाला-खैराला चार किलोमटर सडकका लागि नारायण भागरथी निर्माण सेवासँग ३१ लाख रूपैयाँ, सहजपुर-अलाडनिगाली पाँच किलोमिटर सडकका लागि शुक्रकमली अक्रित निर्माण कम्पनीसँग एक करोड ५६ लाख रूपैयाँ र देउराली-मौरे तीन किलोमिटरका लागि नागार्जुन कन्स्ट्रक्सनसँग ३७ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको इन्जिनियर जोशीले जानकारी दिए।

images

स्तरोन्नति हुन लागेको सडकमध्ये सहजपुर-अलाडनिगाली सडकको २०६५ साल अघि नै ट्र्याक खुलेको थियो। चौमाला-गर्भा दरबार, चौमाला-खैराला, देउराली-मौरे सडक भने तीन वर्षअघि नै ट्र्याक खुलेको जनाइएको छ।

images
images

संघीय सरकार र प्रदेश सरकारको समपूरक अनुदानबाट अहिले सडक स्तरोन्नति गर्न थालिएको हो। निर्माण कम्पनीले गाउँपालिकासँग सम्झौता भई चालु आर्थिक वर्षको असारसम्म स्तरोन्नति सम्पन्न हुने गरी काम सुरु भएको इन्जिनियर जोशीको भनाइ छ।

साँघुरो सडकलाई चौडा गर्ने, पर्खाल लगाउने र आवश्यकताअनुसार नाली निर्माण गरिने भएको छ। चौमाला-गर्भा दरबार सडक खण्डअन्तर्गत कटौजे भिरमा निकै अप्ठ्यारो भएकाले चट्टान फोरेर सडक चौडा बनाउनुपर्ने गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए।

चुरे गाउँपालिकाका छवटै वडाका सडक सञ्जालसँग जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए। ट्र्याक खोलिएका सडकको स्तरोन्नति नहुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य हुनुपरेको स्थानीयको भनाइ छ। सडक स्तरोन्नतिपश्चात् यात्रा र सामान ढुवानी गर्न सहज हुने जनाइएको छ। 

विगतमा सडक यातायातको पहुँच नहुँदा पिठ्यूँमा भारी बोक्नुपर्ने बाध्यता रहेकामा अब चुरे गाउँपालिकाका सबै वडामा सडक यातायात पुगेसँगै त्यहाँ उत्पादित फलफूललगायत कृषिजन्य वस्तुले बजार पाउन थालेको स्थानीय प्रेम गुरुङले बताए।

ऐतिहासिक गर्भा दरबार जोड्ने सो ग्रामीण सडकको स्तरोन्नति भएपछि खैराला दरबार अवलोकन गर्ने आन्तरिक पर्यटकको चहलपहल बढ्ने जनाइएको छ। रासस

images

प्रकाशित : शनिबार, फागुन १९ २०८००२:३७

प्रतिक्रिया दिनुहोस