बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

हावाहुरी र लम्पी स्किनबाट प्रभावित किसानलाई गाउँपालिकाको राहत

images
शनिबार, फागुन १९ २०८०
images
हावाहुरी र लम्पी स्किनबाट प्रभावित किसानलाई गाउँपालिकाको राहत

गाउँपालिकाले लम्पी स्किन सङ्क्रमणबाट मरेकाप्रति पशुको दुई हजार पाँचसय र हावाहुरीबाट क्षति व्यहोरेका प्रतिकिसानलाई एक/एक मुरी मकै उपलब्ध गराउन थालेको छ।

images
images

ढोरपाटन- बागलुङको तमानखोला गाउँपालिकाले विभिन्न प्रकोपबाट प्रभावित बनेका किसानलाई राहत दिन थालेको छ। गाउँपालिकाले लम्पी स्किन र हावाहुरीबाट प्रभावित किसानलाई राहत दिन थालेको हो। 

images
images
images

गत असारमा फैलिएको लम्पी स्किन रोगबाट करिब तीन पशुचौपाया मरेका थिए भने भदौ १८ गतेको हावाहुरीले सात सय रोपनी क्षेत्रफलमा लगाइएको मकै बाली नष्ट भएको थियो। गाउँपालिकाले लम्पी स्किन सङ्क्रमणबाट मरेकाप्रति पशुको दुई हजार पाँचसय र हावाहुरीबाट क्षति व्यहोरेका प्रतिकिसानलाई एक/एक मुरी मकै उपलब्ध गराउन थालेको छ।

images
images

गाउँपालिकाका पशु शाखा प्रमुख यामकुमारी घर्तीले पालिका भर दुई सय ९५ पशुचौपाय लम्पी स्किन सङ्क्रमणबाट मरेको हुँदा तथ्यांक संकलन गरेर राहत वितरण भइरहेको बताए। पहिलो चरणमा दुई सय ५६ किसानलाई छ लाख ४० हजार रूपैयाँ उपलब्ध गराइसकिको जनाउँदै बाँकी ३९ जनालाई वितरण गर्ने प्रक्रियामा रहेको घर्तीले बताए।

images
images

लम्पी स्किन सङ्क्रमणबाट सबैभन्दा बढी गोरु मरेको जनाउँदै गाई र भैँसीमा पनि यो समस्या देखिएपछि गाउँपालिकाले समयमै सङ्क्रमण नियन्त्रणमा लिन सफल भएको उनले बताए। सङ्क्रमणबाट पुश गुमाएका किसानलाई गाउँपालिकाले कूल रु सात लाख ३७ हजार पाँच सय उपलब्ध गराएको प्रमुख घर्तीले जानकारी दिए।

उनले भने, 'लम्पी स्किन सुरुमा खासै फैलिएको थिएन, पछि-पछि फैलिँदै गयो, गाउँपालिकाले तत्कालै त्यसविरुद्ध खोप लिएर बुकीसम्म पुगेर लगाएको थियो, खोप लगाएपछि सङ्क्रमण नियन्त्रणमा आयो, ठूलो क्षति हुन पाएन, पशुचौपाया मरे पनि हामीहरु किसानको गोठमै गएर तथ्यांक संकलन गर्‍यौँ र अहिले राहत दिएका छौँ, ३९ किसानलाई केही दिनमै दिने तयारीमा छौँ।'

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले हावाहुरीबाट प्रभावित पाँच सय किसानलाई राहत दिने तयारीमा रहेको बताए। प्रतिपीडितलाई गाउँपालिकाले एक/एक मुरी मकै वितरण गर्ने उनको भनाइ छ। गाउँपालिकाले स्थानीय जातको मकै वितरण गर्ने पराजुलीले बताए। उनका अनुसार पाँच सय किसानलाई पाँच सय मुरी मकै वितरण गरिने छ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले किसानको समस्यालाई थोरै भए पनि समाधान गर्नका लागि राहत दिन थालिएको बताए। पालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाइ छ। किसानलाई समय-समयमा समस्या पर्ने हुँदा बाली बीमा, पशु बीमालगायत कार्यक्रम सञ्चालन गर्न थालेको अध्यक्ष बुढा मगरले बताए। रासस


प्रकाशित : शनिबार, फागुन १९ २०८०१३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend