बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : ओली

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १८ २०८०
images
images
भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : ओली

भरतपुरको विकासका लागि सभाहल, ६ लेन सडक, हुलाकी सडकको काम आफू प्रधानमन्त्री हुँदा अघि बढाउन सहयोग पुर्‍याएको उनले बताए।

images
images

भरतपुर- नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर भएको बताएका छन्। 

images
images
images

भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताए। 

images

अध्यक्ष ओलीले भने, 'चितवन पर्यटनको प्रचुर सम्भावना भएको सहर हो।' उनले यहाँको पर्यटनको प्रचुर सम्भावना देखेर नारायणी, कोसी हुँदै बङ्गालसम्म जोड्नका लागि आफूले जलमार्गको योजना अघि बढाएको स्पष्ट गरे।

images
images
images

उनले त्यही योजनाअनुरुप अहिले निजी क्षेत्रले नारायणीलगायत नदीमा जलपर्यटनका पूर्वाधार निर्माण गरेको बताए। अध्यक्ष ओलीले चितवन पूर्वपश्चिम र हुलाकी राजमार्गसँग जोडिएको जिल्ला भएकाले पनि यहाँको सम्भावना धेरै रहेको बताए।

भरतपुरको विकासका लागि सभाहल, ६ लेन सडक, हुलाकी सडकको काम आफू प्रधानमन्त्री हुँदा अघि बढाउन सहयोग पुर्‍याएको उनले बताए। 

भरतपुरमा पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको केन्द्र बनाउन सकिने भन्दै यहाँको विश्वविद्यालयले कृषि क्षेत्रमा मार्गदर्शनको काम गर्न सक्नुपर्ने उनले बताए।

अध्यक्ष ओलीले यहाँको विकासमा आफू र आफ्नो पार्टी सधैँ सहयोग गर्न प्रतिबद्ध रहेको बताए। रासस


प्रकाशित : शुक्रबार, फागुन १८ २०८०१६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend