बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

मन्त्रीहरू फेरिने चर्चाकै बीचमा गठबन्धन नै अदलबदलको हल्ला, कसले ल्याउला आगामी वर्षको बजेट?

images
शुक्रबार, फागुन १८ २०८०
images
images
मन्त्रीहरू फेरिने चर्चाकै बीचमा गठबन्धन नै अदलबदलको हल्ला, कसले ल्याउला आगामी वर्षको बजेट?

मन्त्री फेर्न प्रधानमन्त्रीले चाहेका मात्र होइनन् कांग्रेसभित्रै पनि आवाज उठेको छ तर देउवा भने अरु जेसुकै भएपनि अर्थमन्त्री फिर्ता बोलाउने पक्षमा छैनन्।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको मध्याविधि समीक्षाभन्दा अघि नै सरकार गठनको एक वर्षको समीक्षा गर्ने क्रममै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू फेरबदल गर्ने संकेत गरेका थिए। 

images
images
images

मन्त्री परिवर्तन हुने लामो समयदेखिको हल्लालाई आधिकारिकता दिँदै प्रधानमन्त्री आफैले मन्त्रिपरिषद फेरबदलको कुरा स्वीकार गरेका थिए तर प्रधानमन्त्री दाहाल आफैले घोषणा गरेको महिना बढी हुँदासम्म मन्त्रिपरिषद फेरबदल भएको छैन। 

images

नेपाली कांग्रेसको महासमिति बैठक भएका कारणले गर्दा पनि मन्त्री परिवर्तन अलि पर सरेको उनले बताउँदै आएका छन्। यही बीचमा फेरि अर्को हल्ला बाहिरिएको छ। राजनीतिक वृत्तमा अहिलेको गठबन्धन नै परिवर्तन हुने चर्चा चुलिएको छ। 

images
images
images

सिंहदरबारका क्यान्टिनदेखि मन्त्रालयका बरान्डा बैठक, मन्त्रीका स्वकीय सचिवालयदेखि सांसदहरूको जमघट हुने ठाउँहरूमा गठबन्धनको समीकरण नै बदलिने हल्ला फैलिएको छ। सत्तारुढ गठबन्धन दलका केन्द्रीय समितिका बैठकहरूमै विषय प्रवेश गरेपछि यस्तो चर्चाले अझ फैलिने ठाउँ पाएको छ। 

यदि गठबन्धन कायमै भएमा ‍मन्त्रीहरू परिवर्तन हुने अनुमान भने धेरैले गरेका छन्। कांग्रेसले गृहमन्त्री फेर्न खोजेको छ भने माओवादीले अर्थमन्त्री फेर्न खोजिरहेको छ।

अर्थमन्त्री र प्रधानमन्त्रीको विश्वास समूहबीचमा पनि सम्बन्ध चिसिएको छ। त्यस्तै कांग्रेसका नेताहरूले भने जसरी पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फेर्न खोजेका छन्। 

यदि यही गठबन्धन कायमै हुँदा गृहमन्त्री फेरिए पनि अर्थमन्त्री भने नफेरिने सम्भावना उच्च रहेको नेताहरूले बताएका छन्। पछिल्लो राजनीतिक घटना क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई कायमै राख्ने तर गृहमन्त्री फेरिने सम्भावना उच्च रहेको छ। 

राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउने र त्यसका लागि कांग्रेस सहमत भएको खण्डमा अहिलेका गृहमन्त्री श्रेष्ठलाई राष्ट्रियसभाको अध्यक्षमा व्यवस्थापन गर्ने र गृहमा माओवादी नेता वर्षमान पुनलाई ल्याउने विकल्पमा छलफल भइरहेको नेताहरूले बताएका छन्। 

राष्ट्रियसभाको अध्यक्ष कांग्रेसले पाउनुपर्ने कांग्रेसका नेताहरूको माग रहेको छ तर माओवादी नेताहरूले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रियसभाको अध्यक्ष कुनै पनि हालतमा नछाड्न दबाब दिएका छन्। यस्तोमा यही कारणले गठबन्धन नै ढल्ने जोखिम बढेको कतिपयको अनुमान रहेको छ। 

आजैमात्र भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन कायमै रहने प्रतिक्रिया दिएका छन्। यदि देउवाले भनेजस्तै गठबन्धन कायमै हुँदा माओवादीले राष्ट्रियसभाको अध्यक्ष पाएमा अर्थमन्त्रीमात्र होइन कांग्रेसका कुनै पनि मन्त्रीलाई निकाल्ने पक्षमा उनी छैनन्।

अहिले राष्ट्रियसभाको अध्यक्ष छाड्ने तर त्यसको बदलामा मन्त्री फिर्ता नबोलाउने आफ्नै पुरानो अडान कायम हुने र सहमतिअनुसार आफू प्रधानमन्त्री हुने विषयमा देउवाको जोड रहेको छ।

मन्त्री फेर्न प्रधानमन्त्रीले चाहेका मात्र होइनन् कांग्रेसभित्रै पनि आवाज उठेको छ तर देउवा भने अरु जेसुकै भएपनि अर्थमन्त्री फिर्ता बोलाउने पक्षमा छैनन्।


प्रकाशित : शुक्रबार, फागुन १८ २०८०१७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend