बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

बेरोजगारका लागि पोखरामा ‘जब फेयर’

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १७ २०८०
images
बेरोजगारका लागि पोखरामा ‘जब फेयर’

वडामा रहेका कोही पनि युवायुवती बेरोजगार बस्नु नपरोस् भन्ने उद्देश्यका साथ जब फेयर गर्न लागिएको हो।

images
images

गण्डकी- वडामा रहेका बेरोजगार युवायुवतीलाई लक्षित गरी कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ ले यही फागुन १८ गते ‘जब फेयर’ गर्ने भएको छ।

images
images
images

लायन्स र लियो क्लब पोखराको सहकार्यमा वडामा रहेका कोही पनि युवायुवती बेरोजगार बस्नु नपरोस् भन्ने उद्देश्यका साथ जब फेयर गर्न लागिएको हो। 

images
images

वडाध्यक्ष किरण बरालले बेरोजगारी अहिलेको सबैभन्दा ठूलो समस्या रहेको उल्लेख गर्दै वडामा भएका बेरोजगार युवायुवतीलाई रोजगारी उपलब्ध गराउने सोचका साथ कार्यक्रम अघि सारिएको बताए।

images
images

उनका अनुसार जब फेयरमा विभिन्न १२ कक्षबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइनेछ। वडाका नागरिकको आयस्तर सुधार्न पनि जब फेयर कार्यक्रम सहयोगी बन्ने विश्वास व्यक्त गर्दै उनले भौतिक विकाससँगै आर्थिक विकासमा समेत सुधार ल्याउने कार्यक्रमको उद्देश्य रहेको बताए। 

उत्पादनदेखि प्रविधिमैत्री विषयमा जब फेयरमा जानकारी लिन पाइने छ। वडाका तर्फबाट यसअघि पनि फरक ढङ्गका कार्यक्रम गर्दै आएको वडाध्यक्ष बरालले बताए। रासस  


प्रकाशित : बिहीबार , फागुन १७ २०८०१०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend