बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

मोरङका घरेलु उद्योगमा तीन लाखलाई रोजगारी

images
बुधबार, फागुन १६ २०८०
images
images
मोरङका घरेलु उद्योगमा तीन लाखलाई रोजगारी

मोरङमा साना तथा घरेलु उद्योग संघअन्तर्गत ३० हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन् भने तिनमा ४५ अर्ब रूपैयाँ लगानी रहेको छ।

images
images

मोरङ- मोरङ जिल्लामा साना तथा घरेलु उद्योग संघअन्तर्गत ३० हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका तथा तिनमा ४५ अर्ब रूपैयाँ लगानी हुनाका साथै तीन लाखले रोजगारी पाएका छन्।

images
images
images

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशनका सन्दर्भमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चेतनाथ निरौलाले उक्त जानकारी दिएका हुन्।

images

अधिवेशनमा जिल्लामा उत्पादित  कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न  वस्तुहरु, चिया, छुर्पी, ढाकाका कपडा, जुत्ता, चप्पल, सौन्दर्य सामग्रीसहित एक दिवसीय प्रदर्शनीको आयोजना गरिने छ।

images
images
images

अध्यक्ष निरौलाले जिल्लाका घरेलु उद्योगको प्रोत्साहनका लागि नेपाल सरकार र प्रदेश सरकारले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत पाँच लाख रूपैयाँ, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र काठमाडौंमार्फत अनुदानमा आधारित प्रविधि हस्तान्तरण कार्यक्रममा २० लाख रूपैयाँ उपलब्ध गराएको जानकारी दिए। रासस


प्रकाशित : बुधबार, फागुन १६ २०८०१८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend