बिहीबार , असोज ३ गते २०८१    
images
images

खुद्रा बिक्रेता सशक्त बनाउन देशव्यापी कार्यक्रम गर्दै एनसेल

images
बुधबार, फागुन १६ २०८०
images
images
खुद्रा बिक्रेता सशक्त बनाउन देशव्यापी कार्यक्रम गर्दै एनसेल

एनसेलका अनुसार राम्रो गर्ने एक हजारभन्दा बढी उत्कृष्ट खुद्रा बिक्रेताहरूले विशेष उपहारहरू प्राप्त गर्नेछन्, जसमा एक भाग्यशाली सहभागी खुद्रा बिक्रेताले कार्यक्रमको अन्त्यमा एक बाइक जित्नेछन्।

images
images

काठमाडौं- एनसेलले आफूसँग आबद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम सञ्चालन गरेको घोषणा गरेको छ।

images
images
images

आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धताअनुरुप एनसेलले देशभरका खुद्रा बिक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्न एक बृहत् रिटेल इन्गेजमेन्ट प्रोग्राम लागु गरेको छ।

यो कार्यक्रम देशभर रहेका ५० हजारभन्दा बढी खुद्रा बिक्रेताहरूलाई लक्षित रहेको छ। कार्यक्रममा सहभागी हुने खुद्रा बिक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्रीबापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाउँछन्। यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले टेलिभिजन, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू सहित विभिन्न आकर्षक उपहारहरू पाउन सक्छन्।

खुद्रा बिक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एपमार्फत एनसेलका सेवाहरू बिक्री गर्न सक्छन्। एपमार्फत सिम र प्याकहरू बेच्ने खुद्रा बिक्रेताहरूले थप प्रोत्साहन पाउनका लागि हकदार हुन्छन्।

images

कार्यक्रमअन्तर्गत, राम्रो कार्य गर्ने एक हजारभन्दा बढी उत्कृष्ट खुद्रा बिक्रेताहरूले विशेष उपहार वस्तुहरू प्राप्त गर्नेछन्, जसमा एक भाग्यशाली सहभागी खुद्रा बिक्रेताले कार्यक्रमको अन्त्यमा एक बाइक जित्नेछन्। खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै, यो कार्यक्रम एनसेलले सेवा र सुविधाहरुको उपलब्धता सुनिश्चित गर्न र खुद्रा बिक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार आफ्ना फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित छ।

कार्यक्रममा पाँच सयभन्दा बढी फिल्ड फोर्स टोली सदस्यहरू संलग्न हुनेछन् र प्रत्येक महिना १५० भन्दा बढी सदस्यहरुलाई उनीहरूको उत्कृष्ट कार्यका लागि प्रोत्साहन स्वरुप विभिन्न उपहारहरु प्रदान गरिने एनसेलले जनाएको छ।


प्रकाशित : बुधबार, फागुन १६ २०८०११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend