बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

दातृ निकायको सुझावका आधारमा नै सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून संशोधनको प्रक्रियामा : कानूनमन्त्री

images
मंगलबार, फागुन १५ २०८०
images
images
दातृ निकायको सुझावका आधारमा नै सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून संशोधनको प्रक्रियामा : कानूनमन्त्री

कानूनमन्त्री धनराज गुरुङले अवैध कारोबारका कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेको तथा दातृ निकायसमेतको सुझावका आधारमा विधेयक संशोधनको प्रक्रियामा लगिएको बताए।

images
images

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अवैध कारोबारलाई रोक्न सम्पत्ति शुद्धीकरण (मनी लाण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्‌मा पेस गरिएको बताएका छन्।

images
images
images

राष्ट्रियसभा, विधायन व्यवथापन समितिको आजको बैठकमा उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै उनले अवैध कारोबारका कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेको तथा दातृ निकायसमेतको सुझावका आधारमा विधेयक संशोधनको प्रक्रियामा लगिएको बताए।

images

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानूनलाई प्रभावकारी बनाउन यससँग सम्बन्धित अन्य कानून पनि एकसाथ संशोधन गर्न लागिएको उनको भनाइ छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मूल ऐनले लाभको पदमा बसेर कमाएका धनका सन्दर्भमा कसैलाई पनि छुट नदिएको उल्लेख गर्दै उनले अवैध सम्पत्तिलाई राज्यले जफत गर्ने बताए। रासस

images
images
images


प्रकाशित : मंगलबार, फागुन १५ २०८०१६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend