आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सोलेडाँडामा थपिँदै पर्यटन पूर्वाधार

images
मंगलबार, फागुन १५ २०८०
images
सोलेडाँडामा थपिँदै पर्यटन पूर्वाधार

हिमशृङ्खला र सूर्योदय/सूर्यास्त अवलोकनका लागि उपयुक्त मानिने सोलेडाँडा बाह्रै महिना पर्यटकको रोजाइमा पर्ने गरेको छ।  वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागिसमेत मानिस सोलेडाँडा पुग्छन्।

images
images

ढोरपाटन- बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण गर्न थालेका छन्।

images
images
images

गाउँपालिकाले ६ वर्षदेखि नै सहिदपार्क, शौचालय, खानेपानी व्यवस्थापन, पिकनिक स्पट लगायतका संरचना बनाउँदै आएको थियो भने प्रदेश सरकारले यसवर्ष १० लाख रूपैयाँ विनियोजन गरेर पर्यटकका लागि सत्तल निर्माण गर्न थालेको छ।

images
images

समुद्री सतहदेखि दुई हजार ६३० मिटरको उचाइमा अवस्थित सोलेडाँडा प्राकृतिक सौन्दर्य भरिपूर्ण छ। गाउँपालिकाले संरचना निर्माणसँग प्रचारप्रसारलाई जोड दिएपछि आन्तरिक पर्यटकसमेत बढ्न थालेका छन्।

images
images

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलायले विनियोजन गरेको बजेट उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत् कार्यान्वयमा आएको छ। दश लाख रूपैयाँले सत्तल बनाउनका लागि उपभोक्ता समितिसँग सम्झौता भएर काम अगाडि बढेको उद्योग तथा पर्यटन कार्यालय बागलुङका नायब सुब्बा नारायण रिजालले जानकारी दिए।

आगामी बैशाखसम्म सक्ने गरी काम भइरहेको उनको भनाइ छ। रिजालले सोलेडाँडामा पुग्ने पर्यटकलाई विश्रामका लागि सत्तल निर्माण गर्न थालिएको बताए। उनले भने, 'पालिकामै पुगेर पुस महिना महिनाको २५ गते सम्झौता गरेका थियौँ, अहिले धमाधम काम भइरहेको छ, निर्माण समितिले बैशाखमा सक्ने गरी काम गरेको छ, सत्तल मौलिकता बोकेको हुनेछ, स्थानीय काठ, ढुंगाको प्रयोग गरेर निर्माण हुने छ, जसले पानी, झरी पर्दा, हावाहुरी चल्दा बाहिरबाट घुम्न आएका पर्यटकलाई ओत लाग्नका लागि सहज हुने छ, अहिले सामान्य छाप्रा छन्, त्यहीँ पर्यटकले विश्राम गर्दै आएका रहेछन्।'

हिमशृङ्खला र सूर्योदय/सूर्यास्त अवलोकनका लागि उपयुक्त मानिने सोलेडाँडा बाह्रै महिना पर्यटकको रोजाइमा पर्ने गरेको छ।  वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागिसमेत मानिस सोलेडाँडा पुग्छन्।

यहाँबाट देखिने हिमशृङखला र दर्जनौँ प्राकृतिक मनोरम दृश्यले धेरैलाई लोभ्याउने गर्छ। उच्च पहाडी क्षेत्रमा रहेको यसडाँडामा शान्त वातावरण, स्वच्छ हावापानीसँगै जीवजन्तुको चिरवीर आवाजले मन मस्तिष्कलाई आनन्दित बनाउँछ। गाउँपालिकाले अघिल्लो वर्ष सहिदपार्क निर्माण गरेर सालिक राखेको छ।

नेपालका प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दसहित सशस्त्रद्वन्द्वका बेला तमानोलाका विभिन्न गाउँबाट ज्यान गुमाएका स्थानीयवासी दुर्गाबहादुर बुढा, प्रेम घर्तीमगर, ओमकार बुढा र गंगाबहादुर पुनको सालिक राखेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए। यसवर्ष त्यस डाँडाको पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले पनि रु पाँच लाख विनियोजन गरेको उनको भनाइ छ।

उक्त रकमले सहिद पार्कभित्र पदमार्ग निर्माण गर्ने बताए। टायल लगाएर व्यवस्थित पदमार्ग निर्माण गरेपछि बाहिरबाट आउने पर्यटकले सहिदपार्कमा सहज रुपमा घुम्न सक्ने अध्यक्ष बुढामगरको भनाइ छ। गाउँपालिकाले हालसम्म करिब ३० लाख रूपैयाँभन्दा बढीको संरचना निर्माण गरेको उनले बताए।

'यो ठाउँ वर्षौँदेखि चर्चित छ, तर हामी निर्वाचित भएर आउँदासम्म पर्यटन संरचना निर्माण भएको थिएन, हामीले सुरुको वर्षदेखि निरन्तर काम गर्दै आएका छौँ, पूर्वधार निर्माण भएपछि पर्यटक पनि बढेको पाएका छौँ, पहिले खुल्ला डाँडो मात्रै थियो, अन्य संरचना केही थिएन', अध्यक्ष बुढा मगरले भने, 'अहिले कम्तीमा पर्यटकले पिउने पानी, पाएका छन्, शौचालय, विश्राम गर्ने ठाउँ बनेको छ, सहिदको सम्मानमा पार्क निर्माण गरेर सालिक पनि राखेका छौँ, अन्य पूर्वाधार विस्तारै थप्दै जाने छौँ।' रासस


प्रकाशित : मंगलबार, फागुन १५ २०८०१५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend