बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

धरानमा विमानस्थल निर्माण र सञ्चालन सम्भव नभएको प्राधिकरणको निष्कर्ष

images
मंगलबार, फागुन १५ २०८०
images
images
धरानमा विमानस्थल निर्माण र सञ्चालन सम्भव नभएको प्राधिकरणको निष्कर्ष

विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले  गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल सम्भाव्य नभएको निष्कर्ष निकालेको छ।

images
images

काठमाडौं- धरानमा विमानस्थल निर्माण गर्न प्राविधिक र आर्थिक रुपमा सम्भव नदेखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको अध्ययनले देखाएको छ। 

images
images
images

विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले  गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल सम्भाव्य नभएको निष्कर्ष निकालेको छ। 

images

अध्ययन टोलीले स्थलगत अध्ययन गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा गत कात्तिक २३ गते प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानून अधिकृत बिमल खनाल र चार्टर्ड एकान्टेन्ट अनिल बस्नेत सदस्य रहेको टोली गठन गरिएको थियो। 

images
images
images

विद्यमान हवाई नीति, २०६३ मा भएको 'तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निटकस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माईल हुनुपर्ने' नीतिगत व्यवस्था विपरित हुने, आर्थिक विश्लेषण पश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा एकतर्फी अप्रोचमात्र संम्भव हुँदा हवाई यातायातको दिर्घकालीन, नियमित र व्यवसायिक संम्भावना नभएको तथा अन्य विविध प्रविधि र सञ्चालन सीमाका कारणले सम्भव नभएको निष्कर्ष समितिको छ। 


प्रकाशित : मंगलबार, फागुन १५ २०८०१४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend