काठमाडौं- तत्कालीन सेञ्चुरी बैंक(हाल प्रभु बैंक भएको)मा हुँदा ऋण अपचलनको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हाल प्रभु बैंकको डेपुटी कार्यकारी मनोजकुमार न्यौपानेलाई पक्राउ गरेको छ।
प्रहरीले न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमलाई पनि पक्राउ गरेको छ।
नेपाल राष्ट्र बैंकको आग्रहमा ऋण हिनामिनाको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको हो।
राष्ट्र बैंककले ऋण हिनामिनाको अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिएपछि प्रहरीले थप अनुसन्धान गरी पक्राउ गरेको हो। सेञ्चुरी बैंकमा हुँदा न्यून धितो वा अधिक मूल्यांकन गरेर ऋण दिएको अभियोग रहेको छ।
नेपाल राष्ट्र बैंकको अध्ययनबाट कर्जाको अपचलन भएको पाइएपछि बैंकले प्रहरीलाई थप अनुसन्धानका लागि आग्रह गरेको थियो। प्रहरीको पनि प्रारम्भिक अनुसन्धानपछि कमजोरी भएको पाइएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।