बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

झापामा चालु आवमा २८३ सवारी दुर्घटना, ४९ जनाले गुमाए ज्यान

images
मंगलबार, फागुन १५ २०८०
images
images
झापामा चालु आवमा २८३ सवारी दुर्घटना, ४९ जनाले गुमाए ज्यान

चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको छ।

images
images

झापा- झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ। चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

images
images
images

ती दुर्घटनामा परी ४२ जना पुरुष, छ महिला र एक बालिकाको मृत्यु भएको छ। साउनमा पाँच, भदौमा सात, असोजमा तीन, कात्तिकमा १३, मङ्सिरमा चार, पुसमा १० र माघमा चार जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनाएको छ। ती दुर्घटनामा चार सय १४ वटा सवारी संलग्न छन्।

images

जसमध्ये अधिकांश मोटरसाइकल दुई सय ६० वटा छन्। ती दुर्घटनामा परी ८२ जना शक्त घाइते भएका थिए भने तीन सय ५० जना सामान्य घाइते भए। सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने २९ हजार आठ सय ७१ सवारी साधनबाट दई करोड चार लाख ५५ हजार छ सय ५१ रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

कार्यालयले नियम उल्लंघन गर्ने ट्रक पाँच हजार नौ सय २६, टिपर छ सय ६६, बस एक हजार पाँच सय ४०, कार/जीप नौ हजार सात सय २७, ट्रयाक्टर एक हजार तीन सय एक, मोटरसाइकल आठ हजार पाँच सय २२, टेम्पो-अटो-सिटी सफारी दुई हजार एक ५० र अन्य ३९ वटालाई कारबाही गरी उक्त राजस्व असुल गरेको हो।

सोही अवधिमा कार्यालयले ट्राफिक सचेतना अभिवृद्धिका लागि दुई हजार एक सय ५८ पटक विविध कार्यक्रम गरी ८१ हजार नौ सय ४४ जनालाई सचेत गराएको जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन १५ २०८०११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend