शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

images
मंगलबार, फागुन १५ २०८०
images
images
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको छ।

images
images

काठमाडौं- मंगलबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य सामान्य घटेको छ। यो साता आइतबार तोलामा पाँचसय रूपैयाँले बढेर सोमबार प्रतितोला दुईसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार स्थिर रहेको हो। 

images
images

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय ५० रूपैयाँ कायम छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

images
images

चाँदीको मूल्य मंगलबार प्रतितोला १५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। 

images
images


प्रकाशित : मंगलबार, फागुन १५ २०८०१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend