काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा ठेक्कामा काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। मंगलबार एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको हो।
कालोसूचीमा रहेका निर्माण कम्पनीले कालोसूची अवधिभर सरकारी ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
ठेक्का लगाउने विभिन्न निकायबाट आएको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले फागुन १४ गतेको निर्णयअनुसार उल्लेखित निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो।
यी निर्माण कम्पनीलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचीमा राखि सूचना प्रकाशित गरेको छ।