शनिबार, वैशाख २२ गते २०८१    
images
images

थोरै जग्गामा धेरै तरकारी फलाएर गतिलो आम्दानी गर्दै दलबहादुर

images
images
images
थोरै जग्गामा धेरै तरकारी फलाएर गतिलो आम्दानी गर्दै दलबहादुर
फाइल तस्बिर

घर फर्केपछि बोहराले तीन वर्षदेखि व्यावसायिकरूपमा तरकारीखेती गर्दै आएका छन्। तरकारीखेतीबाटै उनको परिवारको घरखर्च सहजरूपमा चल्न थालेको छ।

images
images

कञ्चनपुर- बेदकोट नगरपालिका-४ बैतोडाका दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती गरी घरखर्च सहजरूपमा चलाउँदै आएका छन्। चार कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गरेर उनले वर्षमा दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।

images
images
images

बाह्रै महिना बोहराको बारीमा तरकारीखेतीमात्रै हुने गरेको छ। तरकारीखेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उनलाई अहिले घरखर्च चलाउन भारत जानुपरेको छैन। कोरोना महामारीका कारण भारतीय सह बैंगलोरमा सेल्समेनको जागिर छुटेपछि बोहरा तीन वर्षअघि घर फर्किएका हुन्। घर फर्केपछि बोहराले तीन वर्षदेखि व्यावसायिकरूपमा तरकारीखेती गर्दै आएका छन्। तरकारीखेतीबाटै उनको परिवारको घरखर्च सहजरूपमा चल्न थालेको छ।

images

'विगतमा भारतमा काम गरेर घरखर्च चलाउँदै आएको थिएँ, महिनाको १०-१२ हजार रूपैयाँजति पर्दथ्यो', बोहराले भने, 'कोरोनाका कारण कम्पनी बन्द भएपछि बेखर्ची भएर घर फर्केँ, फर्केर केही दिन मजदुरी गरेँ, त्यसबाट घरखर्च चलाउन सकिने अवस्था भएन', उनी भन्छन्, 'मोबाइलमा युट्युब हेर्थेँ, थोरै जग्गामा पनि मौसमी बेमौसमी तरकारीखेती गरेर मनग्य आम्दानी गरेको देखेँ, त्यसपछि तरकारीखेती गर्ने निधो गरेँ, तरकारी खेती त गर्ने कसरी गर्ने भन्ने प्रश्न उब्जिन थाल्यो।'

images

'तरकारीखेती सुरु गर्नका लागि बीउबिजन, मलखाद खरिद गर्ने पैसा  थिएन, जेजस्तो होला भन्ने भावना मनमा पैदा भयो', बोहरा भन्छन्, 'साथीभाइ र छिमेकीबाट सापटी लिएर युट्युबबाट तरकारी लगाउने विधि सिक्दै तरकारी रोपेँ, पहिलो सिजनमै सापटी लिएको पैसा तिर्न भ्याएर र घरखर्च चल्नेसम्मको आम्दानी भयो।'

images
images

बोहराले तरकारीखेती गर्ने जग्गा भने चार कठ्ठा जतिमात्रै छ। त्यहीँ जग्गामा काउली, गोलभेँडा, काँक्रा, तितेकरेला, बोडी, आलुलगायत तरकारी मौसमी र बेमौसमीरूपमा लगाउँदै आएका छन्। तरकारीखेतीबाट आएको आम्दानी खर्च गरेर उनले दुईवटा प्लाष्टिक टनेल निर्माण गरेका छन्। आलुलगायतका मौसमी तरकारी टनेल बाहिरै रोपेर उहाँले आम्दानी गर्दै आएका छन्। अन्य लहरे तरकारी टनेलभित्रै रोप्ने गर्छन्।

तरकारीखेतीकै लागि उनले वर्षमा ६५ हजार रूपैयाँभन्दा बढी लगानी गर्दै आएका छन्। लगानी कटाएर वर्षमा एक लाखदेखि एक लाख ८० हजार रूपैयाँसम्म उनले आम्दानी गर्दै आएका छन्। तीन जनाको परिवारका लागि लत्ताकपडा, खाद्यान्न र अन्य खर्च चल्ने गरेको बोहरा बताउँछन्।

'श्रीमतीले दिउँसो निजी विद्यालयमा काम गर्छिन्', उनले भने, 'तलबबापत आउने रकम र तरकारी बिक्री गरेर आउने रकमले तीन जनाको परिवारको घरखर्च सहजरूपमा चल्छ, विद्यालयबाट फर्केपछि श्रीमतीले पनि तरकारीखेती गर्नमा सघाउने गरेकी छिन्।'

उत्पादित तरकारी अधिकांश बारीबाटै बिक्री हुने गरेको छ। बिक्री हुन नसकेका तरकारी बोहरा साइकलमा राखेर गाउँ डुलाउँदै बेच्ने गर्छन्। तरकारीखेतीमै भविष्यका सपना बुन्न थालेकाले थप जग्गा भाडामा खोजेर ठूलो परिमाणमा तरकारी उत्पादन गर्ने धोको रहेको बोहरा बताउँछन्। बैतोडा गाउँमा व्यावसायिक तरकारीखेती गर्ने बोहरा एक्ला किसान हुन्। रासस

images

प्रकाशित : मंगलबार, फागुन १५ २०८०१०:२६

प्रतिक्रिया दिनुहोस