बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

नदीजन्य पदार्थको चोरीनिकासी रोक्न कञ्चनपुरमा प्रहरीले बढायो सक्रियता, १८ ट्र्याक्टर र चालक नियन्त्रणमा

images
सोमबार, फागुन १४ २०८०
images
images
नदीजन्य पदार्थको चोरीनिकासी रोक्न कञ्चनपुरमा प्रहरीले बढायो सक्रियता, १८ ट्र्याक्टर र चालक नियन्त्रणमा

कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा प्रहरीले नदीजन्य पदार्थको अवैधरुपमा हुने उत्खनन र चोरी निकासी रोक्नका लागि सक्रियता बढाएको छ।

images
images

कञ्चनपुर- नदीजन्य पदार्थको अवैधरुपमा भइरहेको चोरीनिकासी रोक्न कञ्चनपुरमा प्रहरीले सक्रियता बढाएको छ। कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा प्रहरीले नदीजन्य पदार्थको अवैधरुपमा हुने उत्खनन र चोरी निकासी रोक्नका लागि सक्रियता बढाएको हो।

images
images
images

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार चालु आवको हालसम्म नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न १८ वटा ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।

images

कृष्णपुर नगरपालिकाबाट चार वटा र शुक्लाफाँटा नगरपालिकाबाट १४ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उनले बताए। 'नदीजन्य पदार्थको अवैधरुपमा चोरी निकासीमा संलग्न रहेका कारण नियन्त्रणमा लिएका ट्र्याक्टरलाई सम्बन्धित नगरपालिका कार्यालयमा बुझाएका छौँ', उनले भने, 'प्रचलित कानूनअनुसार नगरपालिकाले ट्र्याक्टर मालिकबाट जरिवाना असुलउपर गर्दै आएको छ।'

images
images
images

शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न रहने गरेका यस्ता ट्र्याक्टरबाट १५ हजार रूपैयाँ र कृष्णपुर नगरपालिकाले ५० हजार रूपैयाँका दरले जरिवाना असुलउपर गर्दै आएको छ। 

त्यसैगरी कृष्णपुर नगरपालिकाले अवैधरुपमा नदीजन्य पदार्थ चोरीनिकासी गर्ने ट्र्याक्टरबाट दुई लाख रूपैयाँ र शुक्लाफाँटा नगरपालिकाले दुई लाख १० हजार रूपैयाँ रकम असुलउपर गरेको छ।

कृष्णपुर नगरपालिकाले दोदा(मछेली) नदीमा हाल ठेक्का लगाई नदीजन्य पदार्थको उत्खननको काम गर्दै आएको छ। शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि हालैमात्रै ठेक्का आह्वान गरेको छ।

नदीजन्य पदार्थ चोरीनिकासी रोक्नका लागि रातदिन निगरानी बढाउनु परेको शुक्लाफाँटा नगरपालिका' ८ का वडाध्यक्ष बहादुरसिंह महराले बताए। वडाको धारापानी, अनौखी, गौडी, घरकुटवा र वनहरा खोलाबाट नदीजन्य पदार्थको चोरीनिकासी हुने गरेको छ।

'स्थानीय बासिन्दासँग समन्वय गरी चोरीनिकारी रोक्ने कार्य गरिरहेका छौँ', उनले भने, 'स्थानीयको सूचनाका आधारमा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने गरेका छौँ, प्रहरीले जरिवानाका लागि नगरपालिका कार्यालयमा बुझाउने गरेको छ।' 

स्थानीय बासिन्दाका अनुसार शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि बोलपत्र आह्वान गरे पनि खोला क्षेत्रबाट आधाभन्दा बढी नदीजन्य पदार्थ चोरीनिकासी भइसकेको छ। रासस


प्रकाशित : सोमबार, फागुन १४ २०८०१४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend