काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले एनसेलको सेयर खरिदबिक्रीका सम्बन्ध भएको अध्ययन प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले सरकारले बनाएको समितिले बनाएको प्रतिवेदन भित्रभित्रै गुपचुप राख्ने चेष्टा भइरहेको बताउँदै सार्वभौम संसदमा उक्त प्रतिवेदनमाथि छलफल हुनुपर्ने बताए।
पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा बनेको समितिले बनाएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने निकायमा पठाउने निर्णय गरेको छ। यद्यपि सार्वजनिक भनेको भएको छैन।
दूरसञ्चार कम्पनीको सेयर खरिदबिक्रीका बारेमा भएको अनियमिततामाथि संसदीय फोरममा खुला छलफल हुनुपर्ने सांसद केसीको माग छ।