बिहीबार , असोज ३ गते २०८१    
images
images

ग्राहकको डिजिटल यात्रा सरल पार्दै एनसेल एप

images
सोमबार, फागुन १४ २०८०
images
images
ग्राहकको डिजिटल यात्रा सरल पार्दै एनसेल एप

एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एफको नयाँ भर्सन सञ्चालनमा ल्याएको छ।

images
images

काठमाडौं- एनसेलले आफ्नो एनसेल एप अझै परिस्कृत गरी थप ग्राहकमैत्री बनाएको छ। यससँगै ग्राहकले अब विविध जानकारीहरुमा सजिलै पहुँच पाउने भएका छन्।

images
images
images

एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एफको नयाँ भर्सन सञ्चालनमा ल्याएको छ। ग्राहक अनुभव अभिवृद्धि गर्ने र ग्राहकहरुको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्‍याउने कम्पनीको प्रतिबद्धता बमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानीय सूचना प्रविधि प्रतिभाहरुमार्फत एपलाई अपडेट गरिएको एनसेलले जनाएको छ।

ग्राहकहरुले सहजै गुगल प्ले स्टोर र एप स्टोरबाट एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन्।

एनसेलका अनुसार मुख्य मेनुमा सहजै पुग्न सकिनेलगायतका विषेशताका कारणहरुले गर्दा यो भर्सन प्रयोग गर्न सजिलो छ। ग्राहकहरूले एपको प्रयोगगर्दा व्यक्तिगतरुपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्छन्। यसमा थुप्रै नयाँ निःशुल्क र सशुल्क गेमहरुको पनि अनलाइन तथा अफलाइन मजा लिन सकिन्छ।

images

ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न एपको होम पेजलाई परिमार्जन गरिएको छ र प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार आफ्नो प्रोफाइल बनाएर आफ्नो अकाउन्ट व्यवस्थापन गर्न सक्छन्।

यस भर्सनमा, प्रयोगकर्ताहरूले सजिलैसँग आफ्नो सेवाहरुको प्रयोग कति भएको, लिइएका प्याकहरू, सक्रिय प्याकहरूको अवस्था हेर्न सक्छन् र आफूलाई मनपर्ने प्याकहरुलाई सजिलै आफ्नो पहुँचमा राख्न सक्छन्। मुख्य मेनुमा पाइने द्रुत पहुँचले ग्राहकहरूलाई प्रायः प्रयोग गरिरहने सुविधाहरूमा सहज रूपमा नेभिगेट गर्न सजिलो बनाउँदछ।

छोटा वा लामो अवधिका लागि रोमिङसहित विदेश भ्रमणमा रहेका ग्राहकहरुका लागि पनि यो एप एकदमै सहयोगी रहेको एनसेलले जनाएको छ। किनकी एपको माध्यमबाट प्रयोगकर्ताले सजिलै रिचार्ज गर्ने र प्याकहरु किन्ने कार्यहरु गर्दै विदेश भ्रमणका बेला पनि सहज रुपमा सम्पर्कमा रहिरहन सक्छन्।

सजिलै भ्वाइस र डाटा प्याकहरु लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्र्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुचारु गर्नेलगायत अन्य थुप्रै एपका विद्यमान सेवा, सुविधाहरु हुन्। केही ट्याप गरेको भरमा नै ग्राहकहरूले हालै सञ्चालनमा ल्याइएको करसहित १५० मा मूल्य सुरु हुने डबल मजा प्याकजस्ता सेवाहरू सजिलै सुचारु गर्न सक्छन्।


प्रकाशित : सोमबार, फागुन १४ २०८०११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend