बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

१४ किलो सुन तस्करी प्रकरणमा समातिए प्लाटिनम कलेजका सञ्चालक

images
सोमबार, फागुन १४ २०८०
images
images
१४ किलो सुन तस्करी प्रकरणमा समातिए  प्लाटिनम कलेजका सञ्चालक

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको अनुसन्धानका क्रममा उनी योजनाकार रहेको पत्ता लागेपछि पक्राउ परेका हुन्।

images
images

काठमाडौं- सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी-२ घर भएका काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको हो।

images
images
images

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

images

उनले भने, 'दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए। उनी आज पक्राउ परेका छन्।' गुरुङलाई भन्सार कार्यालयक जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ। /f;;

images
images
images


प्रकाशित : सोमबार, फागुन १४ २०८०११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend