बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

सोमबार सामान्य घट्यो सुनचाँदीको मूल्य

सोमबार, फागुन १४ २०८०
सोमबार सामान्य घट्यो सुनचाँदीको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला पाँच रूपैयाँले सस्तिएको छ।

काठमाडौं- आइतबार तोलामा पाँचसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला दुईसय रूपैयाँले घटेको छ।

सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार तीनसय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार बढेको चाँदीको मूल्य पनि सोमबार सामान्य घटेको छ। महासंघका अनुसार चाँदी आज तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय रूपैयाँ तोकिएको थियो। 


प्रकाशित : सोमबार, फागुन १४ २०८०११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend