शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

सोमबार सामान्य घट्यो सुनचाँदीको मूल्य

images
सोमबार, फागुन १४ २०८०
images
images
सोमबार सामान्य घट्यो सुनचाँदीको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला पाँच रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- आइतबार तोलामा पाँचसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला दुईसय रूपैयाँले घटेको छ।

images
images

सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार तीनसय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

आइतबार बढेको चाँदीको मूल्य पनि सोमबार सामान्य घटेको छ। महासंघका अनुसार चाँदी आज तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

images
images

आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय रूपैयाँ तोकिएको थियो। 


प्रकाशित : सोमबार, फागुन १४ २०८०११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend